काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा थप भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउने भएपछि झन कडा बनाइने भएको छ ।
काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको वैठकले निषेधाज्ञा भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउने निर्णय गरेसंगै थप कडाइ गर्ने भएको हो ।
यो अवधिमा अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
अब औषधि र खाद्यवस्तु खरिदबाहेक घरबाट बाहिर निस्कन पाइने छैन ।
तपाईको प्रतिक्रिया