मानिसहरुलाई वैज्ञानिकहरु अन्धविश्वासी हुन्छन् होला भन्ने लाग्दैन । त्यसैले यस्तो प्रश्न उठ्दा उनीहरुलाई अग्लो ठाउमा चरो उड्न सक्छ भन्ने प्रश्न जस्तै लाग्न पनि सक्दछ । तर के कुरा सही हो भने बैज्ञानिकहरु पनि अन्धविश्वासी हुन सक्दछन् । आस्तिक पनि हुन सक्दछन् । अझ जन साधारणहरुभन्दा वैज्ञानिकहरुमा यस्ता मानिसहरुको अनुपात शायद बढी नै होला जो नास्तिक हुन् र यस्ता वैज्ञानिकहरु पनि धेरै नै छन् जो साच्चै नै धार्मिक छन् । के सत्य पनि छ भने नास्तिकहरु पनि अन्धविश्वासी हुन सक्दछन् । यसमा आश्चर्यको कुरा पनि केही छैन । किनभने आखिर वैज्ञानिकहरु पनि मानिसै हुन् र मानिसहरु विभिन्न किसिमका हुन्छन् नै ।
केही समय पहिले भारतले मंगलयान अन्तरिक्षमा छोडेपछिको सन्दर्भमा वैज्ञानिकहरुको धार्मिकता र अन्धबिश्वासको चर्चा अलि बढी नै चलेको थियो । कुरा के थियो भने त्यो मंगलयान छोड्नुभन्दा पहिला भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो)का बैज्ञाकिहरुले तिरुपति बालाजीको पूजा अर्चना गरेका थिए । त्यति मात्रै होइन, यस्ता प्रत्येक अभियान या मिशन सञ्चालन गर्नु पूर्व उनीहरु यसरी बालाजीको पूजा गर्ने गर्दैआएका छन् । जहाँसम्म अन्धबिश्वाको कुरा छ यो त संसारभरी नै छ । अमेरिकी बैज्ञानिकहरु हरेक यस्ता बैज्ञानिक अभियान या मिशनका सन्दर्भमा बदाम खाने गर्दछन् । रुसी अन्तरिक्ष यात्रीहरु यानमा सबार हुनुुभन्दा पहिला जुन बसले उनीहरुलाई त्यो यानसम्म पु¥याउँदछ त्यो बसको पछाडिको दाहिने चक्कामा उनीहरुले पिसाव फेर्ने गर्दछन् भनिन्छ ।
के पनि बताइने गरिदै आएको छ भने भारतको ईसरोका एकजना पूर्व निर्देशक हरेक रकेट अन्तरिक्षमा छोड्ने दिन नयाँ टाई लगाउने गर्दथे । यद्यपि केही अन्धविश्वास परम्परागत हुन्छन् भने कुनै ब्यक्तिगत पनि । कुनै ब्यक्ति जब अज्ञात दिशामा जाने हुन्छ या कुनै ठूलो अञ्जान काम गर्ने स्थितिमा हुन्छ त्यतिबेला उ जतिसुकै भौतिबादी या नास्तिक भए पनि प्राय उसले कुनै न कुनै सहाराको खोजी गर्दछ । एकदमै तर्कहीन लाग्ने किसिमको विश्वास पनि कहिलकाँही मद्दतकारी हुने गर्दछन् । किनभने मानिसका संकल्प र दृढतालाई तिनले आधार प्रदान गर्दछन् र मानिसहरु अझ बढी दृढता र इच्छाशक्तिकासाथ कुनै काम गर्न सफल हुन्छन् । विज्ञान र धर्मका बीच बिरोध आमरुपमा वैज्ञानिकहरुका लागि त्यत्ति महत्वको हुँदैन, तिनका लागि पनि जो आस्तिक छन् या नास्तिक छन् । यो प्रश्न त ती मानिसहरुका लागि महत्वपूर्ण हुने गर्दछ जो आमरुपमा कुनै बिचारधाराको पक्षधर या बिचारक हुने गर्दछन् । चाहे त्यो धार्मिक बिचारधारा होस या नास्तिक बिचारधारा । यसकारण यदि हामीले आधुनिक समयका प्रसिद्ध बैज्ञानिहरुको सूचि बनायौं भने त्यसमा कमै यस्ता मानिस निस्कने छन् जो बैज्ञानिक बिचारधाराका प्रचारक हुन् र यदि हामीले बैज्ञानिकताको कट्टर पक्षधरहरुको सूचि बनायौ भने पनि त्यसमा धेरै कम मानिसहरु मात्र श्रेष्ठ बैज्ञानिक हुुनेछन् ।
यी दुबै बेग्ला बेग्लै किसिमका कामहरु हुन् र यस्ता कमै मानिसहरु फेला पर्नेछन् जसले दुबैमा रुची राख्दछन् । मंगलमा यान पठाउने वैज्ञानिकहरुका बारेमा महत्वपूर्ण प्रश्न यो होइन कि उनीहरु अन्धवोश्वासी हुन् कि होइनन् तर के प्रश्न हो भने उनीहरुले मंगलमा यान पठाउने सफलता पाउने हुन् कि होइनन् । यदि कसैको विश्वास या अन्धबिश्वासले अरुका लागि कुनै समस्या पैदा गर्दैन भने कसैलाई त्यसबारे कुनै आपत्ति हुनु हुदैन । कठिनाई वास्तवमा कहानिर हुन्छ भने कुनै बिश्वास या अबिश्वास कुनै तानाशाहीबाट पैदा हुने गर्दछ । तानाशाहीले यो कुरा मान्दछ कि प्रत्येक मानिस एकै धातुले बनेको हुन्छ । उस भित्र बिरोधाभास या बहुआयामिकता हुदैन या हुनु हुदैन । आजसम्मको दुनियाँ जति जानिएको छ, न त पूरा जानिएको छ न जानिने नै छ । यसमा जति ज्ञात छ त्यसमा अझ धेरै त अज्ञात नै होला । किनभने जहिले पनि अज्ञात ज्ञातभन्दा धेरै नै रहेको हुन्छ । त्यसैले मानिसले आ–आफ्नो तरीकाले त्यसलाई हेर्ने र त्यसको सामना गर्ने कोशिश गरिरहन्छ । यसै कोशिशको क्रममा नै त मानबताको बिकास पनि भएको हो । त्यस क्रममा कुनै वैज्ञानिकले नयाँ सर्ट लगाओस या टाई बाँधोस त्यसमा कुनै आश्चर्य मान्नु हुदैन । प्रष्ट छ, अन्धविश्वासका कुरा देबी देउता या भूतप्रेतसँग मात्रै गाँसिएका हुँदैनन् ती बाहेकका अन्य कुरामा पनि जस्तै उदाहरणका लागि टाइ लाउने, टोपी लाउने, नयाँ लुगा फेर्ने, पेटी बाध्ने, रिबन लगाउने, दूध पिउने, अण्डा खाएर हिड्ने, पानी पिएर हिड्ने जस्ता कुरामा पनि अन्धविश्वास हुन सक्दछ ।त्यसैले अन्धविश्वास बारे एकलकाँटे र पुराना कुरामा विश्वास गर्ने मात्र भनेर कुरा टुंग्याँउन मिल्दैन । बरु कोही परम्पराबादी अन्धविश्वासी कोही आधुनिक अन्धविश्वासी हुन सक्दछ । कोही ती दुबै श्रेणीमा नपर्न पनि सक्दछ । बस, कुरा यत्ति हो — कुनै भ्रान्त धारणा बनाइनु हुँदैन । खोज अनुसन्धान, पुष्टी, पुनर्पुष्टी, परिभाषित, पुनर्परिभाषित जस्ता कुरा निरन्तर जारी रहन्छ मानब समाजमा । यही नै वैज्ञानिकतातिरको निरन्तरता हो ।
तपाईको प्रतिक्रिया