Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

लेनिनलाई गोली हानिएको ३० अगस्टको त्यो कालो दिन


लेनिनलाई गोली हानिएको ३० अगस्टको त्यो कालो दिन

लेनिनको देहावसान हुँदा डा. सनयात सेनको मार्मिक सन्देश

– लोकनारायण सुवेदी 

३० अगस्ट जुन दिन महान अक्टोबर समाजवादी क्रान्तिका सफल प्रवर्तक लेनिनलाई पछिल्लो पटक गोली हानियो ! वास्तवमा त्यस दिन शिशु समाजवादी सोभियत संघको राजधानी मस्कोस्थित एउटा विशाल कारखानाको सभाकक्षमा वर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्ति र आमूल परिवर्तनको बाटो देखाउने र क्रान्ति सफल तुल्याउने आफ्ना प्रिय नेता लेनिनको भाषण सुन्न जम्मा भएका मजदुरहरूका आँखा एकैछिनपछि रसाउलान् भनेर कसैले सोचेकासम्म पनि थिएनन् । तर दुर्भाय या बिडम्बना ! मजदुर सभालाई सम्बोधन गरिसकेपछि भ्लादिमिर इल्यिच उल्यानोभ लेनिन क्रेमलिन फर्कने क्रममा आफ्नो बाहन भएतिर पैदल जाँदै थिए । त्यति नै बेला आफ्नै मजदुर सहयोद्धाले झैं एकजना महिलाले पछाडिबाट उनलाई बोलाइन् ’कमरेड लेनिन’ । त्यो कमरेड जस्तो प्रिय शब्द प्रयोग गरेर कसैले सम्बोधन गरेको सुनेपछि लेनिन आवाज आएतिर फर्के तर अफसोस ती महिलाले लेनिनमाथि धडाधड तीन पटक गोली प्रहार गरिन् । पहिलो गोली लेनिनको पाखुरामा लाग्न पुग्यो । दोस्रो गोली उहाको घाँटीमा लाग्यो । तेस्रो गोलीले भने लेनिनको कोटलाई मात्र छोएर गयो । घाँटीमा गोली लागेपछि लेनिन जमिनमा ढले र बेहोस भए ।

सन् १९१८ अगस्ट ३० को त्यो कालो दिन संसारभरिका सर्बहारा बर्गका मानिसहरु आँखाबाट आँसु खसाल्ने गरी आयो । आफ्ना प्रिय नेताको कसैले हत्या गर्ने दुस्साहस गरेकोमा सर्बहारा वर्ग आक्रोशित बने तर ती क्रूर महिला जसले सर्वहारा बर्गका महान् नेता लेनिनमाथि गोली प्रहार गर्ने दुस्साहस गरिन् ती थिइन् फ्यानी कापलान । सोसलिष्ट रिभ्युलसनरी पार्टीकी सदस्य कापलानले किन लेनिनलाई गोली प्रहार गरिन् ? यसको स्पष्ट कारण अझै रहस्यमै छ तर विश्लेषकहरू लेनिनको लोकप्रियता बढ्दै गएको र मजदुरहरूको राज्यसत्ता स्थापना भएको अवस्थामा मध्यपन्थी सोशलिष्ट रिभ्योल्यूशनरी पार्टी लेनिनदेखि क्रुद्ध हुनु नै यस घटनाको मूख्य कारण भएको बताइने गरेको थियो ।

त्यसो त लेनिनमाथि यस अघि पनि हत्या प्रयास गरिएको थियो । यो भने दोस्रो हत्या प्रयास थियो । सन् १९१८ जनवरी १४ मा पेट्रोग्रादमा सार्वजनिक सम्बोधन गरेपछि लेनिन र फ्रिट्ज प्लाटेन कारमा फर्कदै गर्दा पनि एक अज्ञात बन्दुकधारीले उहाँहरूमाथि गोली बर्षाएको थियो । कारको पछिल्लो सिटमा बस्नुभएका लेनिनलाई बचाउन प्लाटेनले आफ्नो शरीरले छोप्नुभएको थियो । लेनिनलाई बचाउँदा लागेका गोलीबाट प्लाटेनका हातहरू रगतले लतपतिएका थिए ।

त्यो अगस्टको घटनामा गोली लागेपछि बेहोस हुनु भएका लेनिनलाई क्रेमलिन पु¥याइयो । अस्पतालमा पनि आफ्नो हत्या गर्ने प्रयास हुन सक्छ भन्ने लेनिनलाई लागेकोले उहाँले अस्पताल जान अस्वीकार गर्नुभयो । चिकित्सकहरूलाई गोली निकाल्न आग्रह गरिए तापनि घाँटीभित्र रहेको गोली निकालदा खतरापूर्ण हुने स्थिति देखिएपछि सन् १९२२ अप्रिल २४ मा जर्मन चिकित्सकले ननिकाल्दासम्म त्यो गोली लेनिनको घाँटी मै रह्यो ।

गोली प्रहारबाट लेनिनको फोक्सो छेडिएको हल्ला सोभियत संघलगायत विश्वभरि फैलियो तर लेनिनको फोक्सो छेडिएको नभई गोलीले लागेको घाउबाट उहाँको एउटा फोक्सोमा रगत बगेको थियो जुन निकै खतरार्पूण मानिन्थ्यो । यिनै गोलीका कारण पटक पटक लेनिनलाई हृदयाघात पनि भएको मानिन्छ ।

हुन पनि गोली निकालिएको एक महिना नबित्दै मे १९२२ मा लेनिनलाई पहिलोपटक हृदयघात भयो । जसले गर्दा उहाँको दायाँ भागमा आंशिक पक्षघात हुन पुग्यो । त्यसपछि सरकारमा उहाँको भूमिका घट्दै गयो । त्यसै वर्षको डिसेम्बरमा भएको दोस्रो हृदयघातपछि लेनिनले क्रियाशील राजनीतिक जीवनबाट अवकास लिए । मार्च १९२३ मा उनी तेस्रो पटक पुनः हृदयघातबाट पीडित बन्नु पुगे ।

पहिलो हृदयघातपछि लेनिनले आफ्ना थुप्रै रचनाहरू उहाँकी जीवनसंगिनी नाजेज्दा क्रुप्सकायालाई सुम्पे । यसमा केही सरकार र पार्टीको स्थितिका सम्बन्धमा लेखिएका दस्तावेजहरू पनि थिए । जोसेफ स्टालिन, ग्रिगोरी जिनोभिब, लेभ कामेनेभ, निकोलाई बुखारिन र लियोन ट्रस्कीलगायतका वरिष्ठ नेताहरूका व्यवहार र क्रान्तिप्रति उनीहरूको दृष्टिकोणमा देखिदै आएका बिभिन्न समस्याहरुका सम्बन्धमा लेनिनले त्यो आफ्नो इच्छा पत्रमा उल्लेख गरेको बताइन्छ ।

लेनिनको देहाबसानपछि क्रुप्सकायाले लेनिनका इच्छापत्र केन्द्रीय समितिमा पढ्नका लागि पठाउनुभए तापनि सन् १९२४ मेमा भएको बोल्सेभिक पार्टीको १३औं सम्मेलनमा स्टालिन, कामेनेभ र जिनोभिभहरूले यसलाई तत्काल सार्बजनिक नगर्ने निर्णय गरे ।गोर्की लेनिनस्कीस्थित आफ्नै निवासमा सन् १९२४ जनवरी २१ को साँझ ६ः५० बजे यस संसारबाट एउटा महान् चिन्तक, संगठक एवं क्रान्ति योद्धा लेनिनले ५३ वर्षको उमेरमा बिदा लिए । अन्तिम विदाईका लागि लेनिनको पार्थिव शरीर चार दिनसम्म उहाँकै निवासमा राखियो जहाँ ९ लाख जनताले श्रद्धाञ्जली अर्पण गरेका थिए । संसारभरका श्रमजीवि जनताले लेनिनको मृत्युमा आ–आफ्नो स्थानबाट गहिरो शोक व्यक्त गरे ।

त्यतिबेला लेनिनको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै ततकालीन चिनियाँ प्रधानमन्त्री, कोआ–मिन्ताङ्ग पार्टीका नेता डा. सन यात सेनले भनेका थिए ’विश्व इतिहासमा हजारौं नेता तथा बुद्धिजीविहरू आए जसले चलाखीपूर्ण शब्दमा बोले तर ती सबै शब्दमा मात्र सीमित रहे । तर तपाईंं लेनिन, त्यसको अपवाद हुनुहुन्थ्यो । तपाईंंले बोल्नु मात्र भएन, हामीलाई सिकाउनु मात्र भएन बरु आफ्नो शब्दलाई काममा रूपान्तरण पनि गर्नुभयो । तपाईंले नयाँ देश बनाउनुभयो । तपाईंले हामीलाई संयुक्त संघर्षको बाटो देखाउनुभयो । तपाईं त्यस्तो महान् व्यक्तित्व हुनुहुन्थ्यो जो शताब्दीयौंसम्म शोषित पीडितको स्मरणमा जीवित रहिरहनुहुनेछ ।’ बोल्शेभिक आन्दोलनलाई दबाउन श्वेतहरूको लिगमा सहभागी भएका बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले समेत लेनिनको मृत्युमा यसो भनेका थिए — ’उहाँ एक्लैले क्रान्ति स्थगित गर्ने बाटो पहिल्याउन सक्नुहुन्थ्यो । रुसी जनताहरू व्यर्थ संघर्षको दलदलमा छाडिएका छन् । उनीहरूको सबैभन्दा दुर्भाग्य लेनिनको जन्म थियो र अर्को दुर्भाग्य लेनिनको मृत्यु बन्यो ।’

लेनिनको मृत्यु भएको तीन दिनपछि उनको सम्मानमा पेट्रोग्राद शहरको नाम लेनिनग्रादमा फेरियो र सन् १९९१ मा सोभियत यूनियन विघटन नहुँदासम्म यही नाम यथावत रह्यो । लियोनिड क्रासिन र अलेक्जान्डर बोगदानोभले लेनिनको शवलाई जस्ताको तस्तै संरक्षण गर्ने प्रस्ताव पनि राखेका थिए ।

यो प्रविधिबाट राखिएको सुरक्षित शवमा भविष्यमा प्राण हाल्न सक्ने सम्भावना रहने मानिन्थ्यो । यसका लागि आवश्यक उपकरणहरू समेत विदेशबाट खरिद गरिएको थियो तर विभिन्न कारणले यो योजनाले मूर्तरूप लिन सकेन । यसपछि लेनिनको शवलाई सुगन्धित औषधि प्रयोग गरी मस्कोस्थित समाधिमा सन् १९२४ जनवरी २७ मा समाधिस्थ गरियो ।

Tags: लेनिन

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

1 hour ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

6 days ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

1 hour ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि