Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चार किसान संगठनको संयुक्त वक्तव्य जारी !


चार किसान संगठनको संयुक्त वक्तव्य जारी !

काठमाडौं । चार किसान संगठनले कोरोना महामारीले गर्दा देशका किसान र कृषिका आधारभूत र गम्भीर समस्याहरुको सही समाधान गर्न सरकारको ध्यानाकर्षण गराउदै संयुक्त वक्तव्य जारी गरेको छ  । 

वक्तव्यको पुर्णपाठ :

हामी चार किसान संगठनहरु – अखिल नेपाल किसान महासंघ (अप्पो), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको संयुक्त भर्च्यूअल बैठक सम्पन्न भयो । बैठकले निम्न निर्णय गरेको र निष्कर्श  सार्बजनिक गर्दछौ :

हामी चार किसान संगठनले हालै आयोजना गरेको ‘कोभिड –१९ को कृषिमा परेको असर र राज्यको दायित्व’ बिषयक भर्च्यूअल अन्तरक्रिया कार्यक्रममा  आमन्त्रित बिभिन्न बिषय बिशेषज्ञ बिद्वानहरु बैज्ञानिक ब्यक्तित्वहरु, कृषि र किसानका बिभिन्न समस्यासँग जुधिरहेका बिभिन्न किसान संगठनका नेताहरु स्वदेश र प्रबासबाट समेत उपस्थित भएर बहुमूल्य सुझाव दिनुहुने विशिष्ठ महानुभावहरु सबैमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद दिन चाहान्छौँ र देशका किसान र कृषिका आधारभूत र गम्भीर समस्याहरुको सही समाधान गर्न आगामी दिनमा पनि अझ सशक्त सुझाव, साथ र सहयोग प्राप्त भइरहने बिश्वास ब्यक्त गर्न चाहन्छौं ।  

कोरोना महामारीबाट देश र जनतालाई जोगाउन सरकारले युद्ध स्तरमा परिचालित भएर यसको रोकथाम र नियन्त्रण गर्न सबै उपायहरुको अबलम्बन गर्नु पर्नेमा सरकारी उदासीनता, लापरबाही र उपेक्षापूर्ण गतिबिधिले गर्दा करीब चार महिनाको पहिलो लकडाउन र त्यसपछिको दोश्रो लकडाउनका बीच पनि कोभिड–१९ को बढ्दो प्रकोपले देश र जनतालाई सन्त्रस्त पारेको छ । खाशगरी श्रमिक, किसान, स्वयं चिकित्साकर्मी, सुरक्षाकर्मी, र यसमा खटिएका कर्मचारीहरु समेत यो कोरोनाको चपेटामा परेका छन् । हामी किसान लगायत आम जनतालाई यसको प्रकोपबाट जोगाउन र कोरोना र लकडाउनका कारणले आर्थिक गतिबिधि ठप्प भएर जनतामाथि पर्न लागेको अनिकालको स्थितिबाट उनीहरुलाई बचाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरोस् भन्ने पुनः जोडदार माग गर्दछौं ।  

हामी अमेरिकाको एउटा कम्पनीसँग नेपाल सरकारले गरेको अपमानजनक  राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न बिभिन्न राजनीतिक दल र संघ संगठनहरुले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदछौ र यो आन्दोलनलाई सशक्त तुलयाउन जोडदार अनुरोध पनि गर्दछौं ।   नेपालको अतिक्रमित भूमि भारतबाट फिर्ता ल्याउन, भारतीय सैन्य अखडा कालापानी क्षेत्रबाट हटाउन, अतिक्रमित सबै क्षेत्रको भूमिबाट अतिक्रमणलाई सदासदाका लागि अन्त्य गर्न तथा भारतसँगको सीमा ब्यबस्थित र सुरक्षित तुल्याउन देशमा चलिहरको आन्दोलनप्रति हामी ऐक्यबद्धता जनाउँदछौ र संघर्षशील रहिरहन्छौ भन्ने कुरा पनि हामी प्रष्ट पार्दछौ ।  

हालै आएको बाढी पहिरोमा परेर नेपाली किसानहरुको  ठूलो जन धनको क्षति पुग्न गएको छ । यसप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै पीडित परिबारलाई पर्याप्त राहत प्रदान गर्न र किसानहरुलाई जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गरी सुरक्षित बसोबासको ब्यबस्था मिलाउन र किसनहरुलाई बर्षेनी आउने बाढी पहिरोबाट जोगाउन ठोस कार्ययोजना ल्याइयोस् भन्ने माग गर्दछौ ।  

हामी सर्बत्र भइरहेको भ्रष्टाचारको जोडदार बिरोध गर्दछौं र कृषि मल तथा अनुदानमा भइरहेको ठूलो भ्रष्टाचारको छानबिन गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न किसानलाई सुलभ तरीकाले समयमै गुणस्तरीय मलखाद उपलब्ध गराउन र उत्पादन बढाउन जोडदार माग गर्दै समयमा मलखाद उपलब्ध नगराउँदा उत्पादनमा हुन जाने क्षतिको किसानलाई पूर्ति गर्न हामी हामी जोडदार माग गर्दछौ ।   बिदेशमा अलपत्र किसानका छोराछोरीलाई बिनाशर्त र बिनाभेदभाव सुरक्षित स्वदेश फिर्ता ल्याउन तथा क्वारेण्टाइनमा राखेर निसंक्रमित भएपछि घर पठाउन पनि हामी पुनः जोडदार माग गर्दछौं ।

अन्त्यमा, यो पछिल्लो भर्चुअल अन्तरक्रिया भन्दा पहिले पनि हामी ४ किसान संगठनका अतिरिक्त अन्य  कृषि विज्ञ तथा सरोकारवालाहरु समेत सामेल भएर किसान समस्याको समाधानका लागि सरकार जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको कुरा सर्बबिदितै छ । तर सरकारले किसानका जल्दाबल्दा समस्याप्रति कुनै ध्यान दिएन ।  

अहिले विदेशमा रहेका नेपालीहरुको पनि सहभागिता र किसानका व्यावसायिक तथा अन्य संघ संगठन समेतको सहभागिताले किसानको मुद्दा सर्वसम्मत हुन पुगेको र यसले किसानका माग केन्द्रित रहेर साझा आन्दोलन उठाउन सकिने उपयुक्त वातावरण बन्दै गएको र एक भएर साझा माग तयार गरी आन्दोलनमा उत्रने निष्कर्ष यो अन्तरक्रियाले निकालेको छ ।  अन्य वाहिर रहेका किसान संघ संगठनहरुको  समेत राय सल्लाह, सहमति र सहभागी गराउन हामी आवश्यक पहल र तयारी गर्नेछौ । तत्काल कोभिड –१९ र वाढी पहिरो लगायत प्राकृतिक विपत्ति तथा किसानको खेतबारीमा तात्काल परेको समस्या समाधानका लागि सरकारलाई दवाब दिन लकडाउन खुकुलो भएपछि विरोध पत्र दिने तयारी गर्दै रहेको जानकारी पनि गराउँन चाहन्छौं । 

संयुक्त बक्तब्यमा अखिल नेपाल किसान महासंघ (अप्पो)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका ईञ्चार्ज कृष्ण रानाले हस्ताक्षर गरेका छन् ।

Tags: अखिल नेपाल किसान महासंघअखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)अखिल नेपाल किसान युनियनअखिल नेपाल प्रगतिशील किसान संघचार किसान संगठन

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

3 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

10 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि