दार्चुला । दार्चुला जिल्ला दुहु गाउँपालिका – ५ स्थित सिमार कालागाडमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गरी शनिबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
निर्माण समिति का अध्यक्ष मान सिंह बडलको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहगुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित उक्त झोलुङ्गे पुल को उदघाटन तथा समुदायलाई हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष इश्वरी जोशी,५ नं वार्डका अध्यक्ष दौलत सिह महरा, गाउँपालिकाका कर्मचारी,वार्डका सस्यहरु, SWS/ TBSU प्रतिनिधि रघुबीर सिङ्ह ठगुन्ना, सामाजिक परिचालन तथा प्राबिधिक सेवा प्रदायक सन्था समाज कल्याण समाज दार्चुलाका प्राबिधिक कर्मचारी, झोपु निर्माण समितीका पदाधिकारी तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा समितिले गरेको कामको अन्तिम सार्वजनिक सुनवाइ र निर्माण कार्य सुसम्पन्न भै सकेकोले अब उक्त पुलको कुसल सन्चालन तथा मर्मत सम्भार गर्न ५ सदस्यीय मर्मत सम्भार समिती गठन गर्नुको साथै एकजना पुलहेरालो (सँरक्षक) समेतकाे नियुक्ति गरिएकाे छ । उक्त पुल संरक्षकलाई मासिक रू ५००/- परिश्रमिक समेत उपलब्ध हुने जनाइएको छ ।
उक्त पुलको निर्माण कार्य मिति २०७६ माघ २९ गते बाट सुरु गरिएको थियो भने २०७७ साउन २९ गते सम्पन्न गरिएको थियो ।
झोलुङ्गे पुल निर्माणमा कुल लागत रू ४० लाख ६८ हजार ४ सय १ खर्च भएको जनाइएको छ । जस्मा केन्द्र सरकार को नगद रु ३४ लाख ४४ हजार ९९ अर्थात ८४.६५% रहेको छ भने बस्तुगत सहयोग रु २ लाख ९८ हजार ८९४ अर्थात ७.३५% रहेको छ ।
दुहु गाउँ पालिकाको नगद रु २ लाख ४४ हजार १ सय ८ अर्थात ६% रहेको छ ।
समुदायको जनश्रमदान ८१ हजार ३ सय ६९ अर्थात २% रहेको थियो । उक्त पुलको लम्बाई ७० मिटर चौडाइ १०६ सेन्टिमिटर रहेको छ । उक्त पुल बाट प्रत्यक्ष लाभान्वित हुने घर धुरी १२० र जनसंख्या ८४० रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया