काठमाडाैं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार (आज) अपराह्न निधन भएको छ।
१० अगस्तमा दिल्लीको अस्पतालमा मस्तिस्कको शल्यक्रिया गराएका उनी कोरोना भाइरसबाट समेत संक्रमित थिए।
८४ वर्षीय मुखर्जी आफ्नो निवासमा लडेपछि उनको टाउकोमा चोट लागेको थियो। चिकित्सकले उनको मस्तिष्कमा रगत जमेको भन्दै शल्यक्रिया गरेका थिए। तर अस्पताल गएलगत्तै उनको पीसीआर टेस्ट गर्दा पोजिटिभ देखिएको थियो।
शल्यक्रियापछि उनी कोमामा थिए। चिकित्सकहरुले मुखर्जीको फोक्सोमा संंक्रमण भएको र सेप्टिक शकका कारण उनको मृत्यु भएको जनाएका छन्।
कांग्रेसका दिग्गज नेता मानिने मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए ।
तपाईको प्रतिक्रिया