काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।
आज बिहान ११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
जारी बैठकमा केही महिनादेखि चलिरहेको पार्टी आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने बताइएको छ ।
बैठकमा कार्यदलको सुझाब प्रतिवेदनमा छलफल हुने निर्धारित एजेण्डा रहे पनि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक स्थानमा उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडामध्ये कसलाई पठाउने भन्ने विषय टुंग्याउने तयारी रहेको स्रोतको भनाइ छ ।
तपाईको प्रतिक्रिया