Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

प्रविधिको अपूर्व प्रगतिले जीवनमा ल्याएको परिवर्तन


प्रविधिको अपूर्व प्रगतिले जीवनमा ल्याएको परिवर्तन

– लोकनारायण सुवेदी

विश्वमा विकसित भएको पछिल्लो अपूर्व प्रविधि या  प्रौद्योगिकीले एक एक गरेर आज सबै मोर्चामा विजय हासिल गर्दै गएको स्थिति छ । यस प्रकार मानिसहरुको  यान्त्रिक निर्भरता अत्याधिक हुँदै गएको छ । अनि मानिस पनि बढी यान्त्रिक हुन विवश बन्दै गएका देखिन्छन् । त्यसैले आज प्रविधि या प्रौद्योगिकी बिना सबै कुरा शून्य शून्य प्रायः जस्तै लाग्ने गरेको छ । यसको अभावमा हामी अधैर्य हुन थाल्दछौं । आज त ‘सर्भर डाउन’ भयो कि हाम्रो जीवनको गति नै अवरुद्ध भएको जस्तो स्थिति बन्दछ । हामी स्वयमले आफुलाई यसको मोहबाट बचाउन सकेका छैनौं । यो आजको बस्तुगत यथार्थ हो ।

आज त हामी वास्तवमा एउटा छुट्टै ‘हाई टेक डिजिटल’ संसारको निवासी बन्दै गएका छौं । जुन संसारमा सबै कुरा सूचनामा परिवर्तन हुँदै गइरहेको छ । हामी साच्चै भन्ने हो एउटा राम्रो ‘रोबोट’ जस्तो बन्दै गइरहेका छौं । कम्प्यूटरका अंकहरु नै वास्वतमा सही कुरा हुन् र बाँकी सबै त्यसैका सह उत्पादन जस्तो भइसकेको छ । आज सूचना, सञ्चार र यातायातको अभूतपूर्व क्रान्ति र बिकासले गर्दा हाम्रो जीवन बाच्ने आधार नै परिवर्तन भएर गएको छ । यी सबै कुराहरुको विकासका बीच हामी मानिस भित्रको मानिस कतै गुम्दै त गइरहेको छैन भन्ने प्रश्न खडा भएको छ । हामी हिजो कस्तो थियौं र आज के हुदैछौं यो कुरा एकदमै विचारणीय बनेको छ ।

हुन त सभ्यता निरन्तर अघि बढ्ने कुरा नै हो र यसैगरी बढ्दै आएकै दुनियाँको इतिहास रहेको छ । त्यस इतिहासबाट कोही कतै फिर्ता जान पनि सक्दैन । तथापि हामीले के पाउँदैछौं र के गुमाउँदैछौं भन्ने विषयमा ध्यान दिन र घोत्लिन भने अवश्य सकिन्छ । एउटा समय थियो हामी आफ्नो एउटा सानो संसारमा जसलाई हामी तुलनात्मकरुपमा राम्रोसँग जान्ने बुझ्ने गर्दथ्यौं, त्यसमा बाँचेका थियौं । त्यसबेला ‘ठूला बजार’हरुमा नगइकन र ती बजारका चीज बस्तुहरु हेरेर देखेर आफ्ना आवश्यकताहरु निर्धारण गर्नुको साटो आवश्यक चिज बस्तु आफ्नै वरिपरी किन बेच गरेर काम चलाउने गर्दथ्यौं । यसरी हामी बाच्न अभ्यस्त थियौं । घर घरमा स–साना प्रबिधि सम्वन्धि उपकरणहरु हुने गर्दथे र आजको जस्तो प्रबिधि–आतंक पनि त्यतिबेला थिएन । सीमित सुबिधाहरु थिए । गाउँ या शहर जहाँ रहने गरेको भए पनि त्यो संसारभन्दा अगाडि पनि केही केही छ भन्ने कुरा केही न केही थाहा पनि हुन्थ्यो या थियो । धेरैजसो मानिसहरुलाई त्यसको त्यत्ति धेरै आवश्यकता महसुश पनि हुदैनथ्यो । त्यो कथा कहानीको संसार हुने गर्दथ्यो । जसलाई यदाकदा टाढा कुनै शहरको मानिस आएको बेला सुनाइने सुन्ने गरिन्थ्यो र मानिसहरुले त्यसलाई केटा केटीले जस्तै ध्यानमग्न भएर  परीकथा पढ् या सुने जस्तै सुन्ने गर्दथे । मानिसहरुको चीज बस्तुहरुसँग धेरै निकटको सम्वन्ध या नाता थियो । कुरा गर्न मन लाग्यो भने सरासर पैदल जाने या साइकल या रिक्सा चल्ने ठाउँमा छिटो पुग्नु प¥यो भने साइकल या रिक्सामा चढेर पुग्ने गरिन्थ्यो । सोच्ने, जोड्ने र जोडिने कुरामा हाम्रो धेरै बढी समय गुज्रने गर्दथ्यो । जीवनमा वास्तवमा बिकल्पको अभाव हुने गर्दथ्यो । कसैले जुत्ता बनाउदथ्यो, कसैले कपडा सिलाउँदथ्यो अनि कपाल कसैले बनाउँदथ्यो । सबैका आ–आफ्नै काम थिए । सम्वन्ध या नाताको कुनै विकल्प थिएन । ती सम्वन्धहरु जीवन जिउनका लागि अनिवार्य थिए । जोसँग भेटघाट गर्ने गरिन्थ्यो बडो आफ्नै मानिसलाई भेटेजस्तै गरेर भेटघाट गर्ने गरिन्थ्यो । त्यो औपचारिकता या विधि पूरा गर्ने आजको जस्तो ‘हाई हेलो’ जस्तो सामान्य कुरा थिएन । यद्यपि सबै कुरा एकदमै ठिक थियो भनेर कसैले भन्न सक्दैन । तर आजको जस्तो दौडा दौडको जमाना थिएन । आजको जस्तो, कुनै हडबडी थिएन या रहँदैनथ्यो । जीन्दगीको ताल र लय अर्कै खालको र अलिक भिन्न थियो । त्यसलाई त्यस्तो मन्द गतिको भन्न त न मिल्ला । किनभने त्यसो भनिनु आजको समयको सापेक्षमा निर्णय लिनु जस्तै हुनेछ । हो, त्यतिबेला समयको दबाव त्यत्ति धेरै थिएन या हुदैनथ्यो । किनभने हुने, कुनै पनि कुराको सम्भावना पनि कमै थियो । त्यसमाथि तिनका बारेमा ज्ञानको पनि कमी थियो नै । त्यस्तो कुनै उत्ताउलोपन या ब्यग्रता पनि त्यत्ति थिएन । अवश्य भन्न सकिन्छ कि एक किसिमले शिलशिलाबद्ध किसिमले जीबन चलिरहेको र चल्ने गर्दथ्यो ।

आजको उथलपुथलको हिसावले त्यति बेलाको जीवनमा गतिहीनता या ठहराव बढी थियो,ब केही शतत भइरहने, हिडिरहने बेग त्यतिबेला शायद निक्कै कम थियो । प्रतिक्षा स्वाभाविक र सहज मानिन्थ्यो । किनभने त्यसबेला कुनै घटना घटन या चीज आउन  पनि निक्कै समय लाग्दथ्यो । कुनै पनि कुरा तुरुन्तातुरुन्ती हुदैनथ्यो । भइहालेमा पनि त्यससम्म पुग्ने पहुँच मन्द गतिमा मात्र हुन्थ्यो । शायद यो मन्द गतिलाई प्रतिक्षा भन्न पनि ठीक हुँदैन होला । किनभने त्यही नै त्यसबेलाको जीवनको लय थियो । चाहेर र दौडेर नि केही हुने सम्भावना त्यो बेला थिएन । दूरी त थियो नै तर गति थिएन । आजको भूमण्डलीय अर्थात ‘ग्लोबल’ हुदै गएको समयमा देश र काल दुवै खुम्चिएर सानो बनेका छन् । अब सूचनाहरु एकै पटक सबै ठाउँमा एकै समयमा उपस्थित हुन्छन्, हुन सक्छन् । सम्भव छ । अहिले त अवस्था कस्तोसम्म हुन पुग्यो भने सारा संसार तथा संसारका सारा सर सामान हातमै भए जस्तो स्थिति बनेको छ । ल्यापटप खोलेर जब त्यसका ‘की बोर्ड’ मा औंला पुग्दन् तब दिमागले सोच्न थाल्दछ र लेख्ने मन बनाउँदछ । कागजमा लेख्ने नाममा अब केवल हस्ताक्षर गर्नका लागि पेनको प्रयोग गरिन्छ या हुन थालेको छ । हुन त इलेक्ट्रोनिक हस्ताक्षर पनि अब चलिसकेको छ । औपचारिक आवश्यकताहरुलाई छाडेर कसैलाई पत्र लेख्ने अवसर नै आउन छोडेको छ । मोबाइलमा नै आज सबै कुरा भइसक्छन् ।

यस प्रकार प्रबिधि या प्रौद्योगिकीले एक एक गरेर सबै मोर्चा कब्जामा लिइसकेको छ र सबैलाई यान्त्रिक निर्भरतामा धकेलिसकेको छ । यो जीवनको अनिवार्य र अपरिहार्य ब्यसन जस्तो बनिसकेको छ । यसको चपेटामा साना ठूला, बुढाबुढी केटाकेटी, किशोर किशोरी त झन बेसी परिसकेका छन् । भिडीयो गेम, आई प्याड, आदि यस्तो माहोल आजकल ब्यापक बन्दै गएको छ मानौं प्रौद्योगिकी या प्रविधि बिना मानिसको कुनै स्वतन्त्र अस्तित्व नै छैन । इण्टरनेट प्रयोगबाट अनभिज्ञ मानिस ब्यबहारिकरुपले पंगु र निरक्षर जस्तै मानिन थालेको छ । हामीले मानिसको स्वाभावलाई त्यसको भाव, मूल्य, आदर्श, नाता–सम्वन्ध आदिलाई बचाउन,  सुरक्षित तुल्याउन र जतन गर्न आवश्यक छ । यन्त्रहरु र उपकरणको उन्नति  मानिसको जीवनलाई सहज, सरल र समुन्नत तुल्याउनका निमित्त हुन् । मानिसलाई तिनको दास बन्नका निम्ति होइनन् ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

23 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

23 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि