काठमाडौं । नेपालमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय ५९ पुगेको छ । यो संगै कोरोना संक्रमित हुनेको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
डा. गौतमका अनुसार संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ३ सय ५४ पुगेको छ । यो संगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २५ हजार ५ सय ६१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २७१ पुगेको छ ।
तपाईको प्रतिक्रिया