काठमाडौं । चार किसान संगठनको संयुक्त बैठकले किसानका समस्यालाई लिएर आन्दोलन गर्ने तयारीको निर्णय गरेको छ ।
आज शुक्रबार चार किसान संघको नेतृत्वको संयुक्त गुगल बैठकमा नेपालमा किसानका आधारभूत राष्ट्रिय समस्यालाई बृहत छलफल चलाउने निर्णय गरेको हो ।
चर किसान संगठनको संयुक्त विज्ञप्तिको पूर्णपाठ :
आज २०७७ भाद्र १९ गते चार किसान संगठन — अखिल नेपाल किसान महासंघ(अप्फो), अखिल नेपाल किसान महसंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको नेतृत्वको संयुक्त गुगल बैठक बस्यो । बैठकले नेपालमा किसानका आधारभूत राष्ट्रिय समस्यालाई बृहत छलफल चलाउने निर्णय गर्नुका साथै कोरोना महामारी र बाढी पहिरोले किसानलाई पुराइरहेको क्षति, धान खेतीका लागि आबश्यक मल नपाएर किसानको धानबालीको उत्पादन घट्ने स्थिति उत्पन्न भएको बिषय र झापा लगायतका जिल्लाहरुमा धानाबालीको गाँज सड्ने र पात पँहेलिएर बोट मर्ने स्थितिले धान किसान ठूलो मार्कामा परेको तथा पाटनमा मच्छिन्द्रनाथको रथ तान्ने जात्राका सम्वन्धमा उत्पन्न भएको मुठभेड दमनका बारेमा छलफल गरी निम्न निर्णयहरु लिएको छ :
(१) आगामी भाद्र २५ गते नेपालका किसा नका समस्यका बारेमा छलफल गर्न एक गुगल बैठक बोलाउने र किसानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याबारेमा चारै किसान संगठनका प्रतिनिधिहरुको छलफल चलाउने र त्यस अनुसार किसान समस्यालाई लिएर आन्दोलन उठाउने तयारी गर्ने बैठकले निर्णय लिएको छ।
(२) बैठकले बागलुङ्गको ढोर पाटन वडा नं ९मा बुधवार राति आएको बाढी र पहिरोले बगाएर पुरेर धेरै जना बेपत्ता पारेको मध्ये १४ जनाको शब भेटिएको, अहिलेसम्म ६ जनाको मात्र परिचय खुलेको र अझै ४० जना मानिस बेपत्ता रहेको किसानो ठूलो जनधनको क्षति भएको प्रति बैठक ठूलो चिन्ता र दुःख व्यक्त गर्दै तिनको उद्धार र बिचल्लीमा परेका परिबारलाई राहत तथा सुरक्षित बसोबासको ब्यवस्था मिलाउन बैठकले जोडदार माग गरेकोछ । त्यसरी नै यस्ता जोखिमपूर्ण स्थानबाट किसान परिबारलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन सुरक्षित जनता आबासको नीतिको तर्जुमा र ठोसरुपमा लागु गर्न पनि बैठकले जोडदार माग गरेको छ ।
(३) धानबालीका लागि समयमै आवश्यक मल नपाएर किसान छटपटाई रहेको, सरकारले रासायनिक मलको साटो जैबिक तथा प्राकृतिक मलको बिकल्प पनि दिन नसकेको र मल खरिदमा पनि बर्षैपिच्छे ठूलो घोटाला हुने गरेको तथा यस बर्ष मलको अभावमा किसानको धान उत्पादन घट्ने निश्चित भएकोले सरकारले पीडित किसानलाई सरकारले क्षतिपूर्ति देओस् र मल घोटाला र भ्रष्टाचारको छानबिन गरोस् भन्ने पुनः जोडदार माग गरेको छ ।
(४) झापा लगायतका देशै भरीका जिल्लाहरुमा धान खेतीमा गाँज कुहिने र पात पँहेलिने धान धानको गाँज नै मर्ने रोगले किसानहरु पीडित भएको र यसले पनि धानको उत्पादन घटने र अनिकाल लाग्ने भएकोले त्यसबारे आवश्यक कदम चालेर धानबालीमा लागेको रोगको उपचार गर्ने र क्षति भएको धानबालीको क्षतिपूर्ति दिने ब्यबस्था मिालउन पनि बैठकले सरकारसँग जोडदार माग गरेको छ ।
(५) बैठकले सरकारको सुझबुझहीनता र अपरिपक्कताले गर्दा मच्छिन्द्र नाथको रथ तान्ने बिषय पनि जनता र प्रहरी बीच अनावश्यक झडप र दमनको विषय बन्यो । चार किसान संगठनको यो बैठकले दमनको तीब्र निन्दा र भत्र्सना गर्दै रथ बिसर्जन गर्ने कार्य सुरक्षित तवरले सम्पन्न गराओस् र यस्ता दमनकारी घटना नदोहोरियोस् भन्ने पनि यो बैठकले बिशेष माग गरेको छ ।
(६)यस अघि चार किसान संगठनको संयुक्त आयोजनामा बैज्ञानिक, बिज्ञ, कृषि ताथ अर्थबिज्ञ र बिभिन्न कृषि ब्यवसाय र किसान संगठहरुमा लागेका कृषि अभियन्ताहरु समेत सम्मिलित जुम बैठक गरेर नेपाली किसान र कृषिका समस्याका बारेमा छलफल चलाएर निष्कर्श निकाले थियो अब यस कुरालाई जिल्ला जिल्लासम्म पनि लिएर जाने किसानले भोगिरहेका समस्याहरुलाई लिएर जनचेतना निर्माण र आन्दोलनको बिकास गर्ने साझा निष्कर्शका साथ अघि बढ्ने निर्णय लिएको छ ।
अखिल नेपाल किसान महासंघ (अप्पो)का अध्यक्ष भैरबराज रेग्मी
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग
अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी
अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण राना

तपाईको प्रतिक्रिया