Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

वेदका मूल्यवान चिन्तनलाई ग्रहण गर्नु बुद्धिमानी


वेदका मूल्यवान चिन्तनलाई ग्रहण गर्नु बुद्धिमानी

-लोकनारायण सुवेदी

वेदहरुमा विज्ञानका अनेक सुत्रहरु छन् । वेद ज्ञानको दृष्टि वैज्ञानिक छ । धेरै समयसम्म कतिपय यूरोपेली विद्वानहरुद्वारा यी वेदहरुलाई अन्धविश्वासी धर्मग्रन्थ पनि भनिएको थियो । तिनको वैज्ञानिक दृष्टिकोणलाई उपेक्षा पनि गर्ने गरिएको थियो । नेपाल लगायत पूर्बीय समाज पनि धेरै समयसम्म र अहिले पनि सँस्कृत भाषालाई ठाडै अस्वीकार गर्ने कुरा गरिन्छ । तर बिस्तारै बिस्तारै यस प्रकारका षडयन्त्रहरुको पत्र पत्र खुल्दै जानथालेपछि पश्चिमाहरुले अहिले वेदको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न थालेका छन् । योगको उद्भव बैदिक कालभन्दा पनि पहिला भएको थियो । अब त ऋग्वेदलाई संसारको सबैभन्दा प्राचीन ज्ञान ग्रन्थको रुपमा स्वीकार गरिसकिएको छ । त्यही ऋग्वेदमा योगको चर्चा छ । आज योगले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ । गणित सम्पूर्ण विज्ञानको मूल आधार हो । गणितको जन्म र विकास पनि दक्षिण एशियाली भारतीय उपमहाद्विपकै भूभागमै भएको हो । अंकहरुको शक्ति तथा शून्यको विकास पनि यही भएको थियो । हालै यूनेस्कोको अन्तर्राष्ट्रिय मूख्यालयमा शून्यको ब्यापक चर्चा गरियो । शून्यको शक्ति पनि यसै क्षेत्रको मेधाको चमत्कार हो । 

मार्क्सवादी चिन्तक डा. रामबिलाश शर्माले लेखेका छन् विज्ञानको विकासका लागि गणितको महत्व सर्बमान्य छ । भारतवर्षमा गणितको विकास विद्वानहरुको विश्लेषक प्रतिभाको उत्कृष्ट प्रमाण हो । दशमलव पद्धतिको विश्व संस्कृति पनि भारतीय उपमहाद्विप कै देन हो ।  यससँग  सम्बद्ध शून्यको आविष्कार, स्थान  अनुसार शून्यको प्रयोगद्वारा अंकको मूल्य वृद्धि पद्धति पनि भारतबर्षकै प्रतिभाको चमत्कार हो । कतिपय  विद्वानहरु  ऋग्वेदका संख्यावाची शब्दहरुमा  गम्भीर रुपले गौर गर्दैनन् । ऋग्वैदिक कालीन  पूर्वजहरुले बिभिन्न अवसरहरुमा  १०  या १० का गुणांक शब्दहरुको प्रयोग मज्जाले गरेका छन् । सबभन्दा मज्जाको कुरा पुरुष सुक्तका पुरु छन् । तिनका हजार शीर हजार पाउ, हजार आँखा छन् अनि १० औंलामा संसारलाई ढाक्दछन् या आबृत्त गर्दछन् । सोम बैदिक ऋषिहरुको प्रिय पेय हो । भनिन्छ सोम पिध्नका लागि १० औंलाले सिलौटो पक्रिइन्छ । एकजना ऋषिले भन्छन् कि हामी सोमरसको दश पात्र तयार गर्दछौं । दिशाहरु पहिला चारवटा रहे होला । यसैकारण आज पनि चतुर व्यक्तिका लागि भनिन्छ कि उसले चारैतिर देख्दछ । ऋग्वेदमा शान्तिको प्रार्थना छ कि सूर्य, जल आदिले शान्ति दिउन् । चार दिशाहरुले पनि शान्ति दिउन् । अग्नि देवलाई पनि चार आँखा भएको भनिएको छ । पछिबाट १० दिशाको चलन चल्यो । दशको प्रेममा दिशाहरुलाई पनि १० नै भन्न थालियो । शून्यको स्थानगत महत्व छ । संख्या १ पछि आएको शून्यले १० को शक्ति दिन्छ । १० पछि आएको शून्य १०० हुन पुग्दछ । ऋषि १०० शरद बाच्न इच्छुक छन् । ‘जीबेमा शरदम् शतम्’ । १०, १०० या १००० आदिको बोध गराउने अनेक मन्त्रहरु छन् । ऋग्वेदको पहिलो मण्डल (१,१६४, ४८) मा काल चक्र छ । यस चक्रमा ३६० खुट्टीहरु छन् । ती ३६० खुट्टीहरु एक बर्षका दिनहरु हुन् । स्पष्ट छ ऋग्वैदिक कालीन समाज संख्या बोधले सुसज्जित थियो । संख्यामा हरेक अंकको स्थानगत महत्व छ । हामीले कुनै पनि संख्या लिन सक्दछौं । जस्तो ९९९९ (नौ हजार नौ सय उनान्सय) पहिलो नौ पछिका ३ वटा ९ को कारणले नै हजार भएको छ । अन्तिम ९ ले पहिलेका ९ को शक्ति बढाएको छ । त्यसलाई हटाइदियो भने पहिलो ९ केवल ९०० को नै शक्ति बच्नेछ । ९९९९ मा हरेक संख्याको एक्लो शक्ति ९ हो । स्थानगत महत्वका कारण सबैको शक्ति भिन्न भिन्न हुन गएको छ । आधुनिक गणित अति विकसित भइसकेको छ । अंकहरुको आ–आफ्नो शक्ति छ । शून्यको एक्लै कुनै शक्ति छैन । तर यही शून्य कुनै पनि संख्याको पछि आएर त्यसलाई दश गुणा बढी तुल्याइदिन्छ । १० गुणा मात्र किन ? यस प्रश्नको सोझो उत्तर प्राप्त छैन । कल्पना मात्र गर्न सकिन्छ । मानिसको कर्मको आधार हात हो । यो स्थापना पनि ऋग्वेदमा छ । (अयं मे हस्तो भगवानस) दुबै हातका १० औंला छन् । के यी बैदिक युगका विकास महत्वपूर्ण कुराहरुलाई बिश्वका सामु स्वाभिमानका साथ राख्न नसकिने हो र ? यूनेस्कोमा यस्तो प्रयत्न गर्न सकिने विद्वानहरु औंल्याइरहेका छन्  ।

मानव सभ्यताको बिकासको एउटा काल क्रममा आएको भाषा र सँस्कृतिलाई त्याज्य र ग्राह्य भनेर ठाडै दुत्कार्ने दुबै अतिबादी कुरा गलत छन् । तिनमा रहेका सही कुरालाई ग्रहण गर्ने र गलत कुरालाई पञ्छाउने वैज्ञानिक–सामाजिक पद्धतिको अनुसरण नै सबैभन्दा उपयुक्त र बस्तुनिष्ठ उपाय हो । शोषक शासक वर्गले भाषा, धर्म, सँस्कृतिलाई दुरुपयोग गरेर जनतालाई विभाजन गर्ने, लडाउने र आफ्नो सत्तालाई सुदृढ गर्ने जुन गलत कार्य र नीति लियो विरोध त्यसको हुनुपर्ने हो । वैज्ञानिक आविष्कार र अनुसन्धानको सत्ताले जनताका हित बिपरीत दुरुपयोग गरेको छ भन्दैमा त्यो वैज्ञानिक साधनको बिरोध गरिनु अबैज्ञानिक र संकीर्ण सोच हो । यसबाट मुक्त हुुनु पर्दछ । ज्ञान, सीप, दक्षता, कौशल जुनसुकै भाषा या सँस्कृतिमा पनि हुन सक्दछ । त्यसलाई ग्रहण गर्ने हो । त्यसमा रहेका अन्ध मान्यता र विश्वासहरुलाई पर्गेल्ने र त्याग्ने अर्थात् असललाई लिने गलतलाई फाल्ने या हटाउने हो । 

श्रमजीवी जनताको मुक्ति र प्रगतिको बाटो देखाउने विश्व प्रसिद्ध दार्शनिक तथा गुरु कार्ल मार्क्सले हेगेलको द्वन्द्वबादका सही कुरालाई ग्रहण गरे गलत कुरालाई त्यागे । त्यसरी नै फायरबाखको भौतिकबादका पनि सही कुरालाई अघि बढाए र गलत कुरालाई त्यागे । अनि यसरी द्वन्द्वात्मक भौतिकबादको आविष्कार गरे । प्रष्ट छ, मार्क्सवादले जहाँ पनि गलत कुराका बिरुद्ध सही कुराको पक्षमा छ, रहन्छ र समाजलाई सुन्दर बनाउनमा रहेका सबै प्रकारका (राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक)बिघ्न–बाधाहरु हटाउन गम्भीर र गहन पथ प्रदर्शन गर्दछ । यो तरिका नै सबैभन्दा सही र बैज्ञानिक तरिका पनि हो, संसारलाई बुझ्ने र बदल्ने !

तपाईको प्रतिक्रिया

Related Posts

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

21 hours ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

21 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि