काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एसिड पिडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।
आफ्नो जन्मदिनको अवसरमा पर्यटनमन्त्री भट्टराईले सो सहयोग गरेका हुन्।
नौ कक्षामा अध्ययनरत खातुनलाई गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गरेका हुन् ।
सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले पिडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केहि दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका भन्दै भने ‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोली डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’
तपाईको प्रतिक्रिया