Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

कृषि र किसानको गए गुज्रेको अवस्था र आजको सही विकल्प


कृषि र किसानको गए गुज्रेको अवस्था र आजको सही विकल्प

-लोकनारायण सुवेदी 

कृषि कर्म जीवनको विकल्परहीत आधारभूत कर्म हो । कृषिले दिने ऊर्जाले नै मानिसको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र व्यवहार गरिएको छ । फलतः यसले पाउनु पर्ने, प्राथमिक स्थान, सम्मान र शतत सहयोग पाउनबाट यो कर्म बञ्चित जस्तै छ । कतै पाएको छ भने पनि त्यो पनि व्यापारिक र नाफाको एउटा बजार दृष्टिकोणले मात्र पाएको छ । स्वयं कृषि र किसानको समग्र हित हुने गरी कतै पाएको छैन । शब्दावली पदावलीहरु जे सुकै प्रयोग गरिएका हुन् ती किसानबाट अलग्गिएका बजारसँग जोडिएका र मुनाफाका साधन बन्ने गरी बनाएका जस्ता लाग्दछन् । प्रकृतिपछिको यो मानव निर्मित अर्थात श्रमजीवी किसानहरुले निर्माण गरेको यो — दोश्रो प्रकृति — खाद्यान्न, पक्वान्न, मिष्टान्न — अन्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रुपमा भए पनि ती प्रचीन, आधुनिक या अत्याधुनिक कल कारखानाका उपज बिल्कुलै होइनन् । तिनलाई दोश्रो प्रकृति – प्रकृतिका नियमहरुको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीवन्त कर्म हो, मान्नु पर्दछ । यो कृषिको अभावमा अरु जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने विशालकाया उद्योगधन्धाहरु नै किन नहुन् तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ । ती मृत प्राय बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो ।

तर किसानले आफुलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आफुलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गवार, गाउँले, अशिक्षित रात दिन झरी बादल, घाम खडेरी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्दछ । त्यस्तै मान्ने बनाइएको छ । उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने शहरबासी, नगरबासीहरुलाई कृषि उपजहरुको आपूर्ति गर्दछ । त्यो अकिञ्चन जमातले आफ्नो कर्म गर्न छोड्यो भने कथित सभ्यहरुको अस्तित्व नरहने कुरा उनीहरुले सोचेकै छैनन्, सोचेकै हुँदैनन् । तिनमा रहेको निष्कपट उच्च मानवीयताले उनीहरुलाई त्यस्तो सोच्ने कुनै कुसँस्कार दिएकै छैन । बरु त्यसको बिपरीत ती प्रकृतिसँग खेल्ने, त्यसैमा रमाउने र अधिकांशतः अबोध प्राणीहरु नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् । प्रकृति अनुकूल भइदियो भने खुशी हुन्छन् । प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरु बाध्यछन् । रुन्छन्, कराउँदछन्, छाती पिट्छन् र फेरि सम्हालिदैन प्रकृतिकै काखमा हिलो, धूलोसँग खेल्छन् । यो साल बिग्रिहयो अर्को साल कसो नबन्ला भनेर आशाबादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।

हो, हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम व्यापार , नीच नोकरी मान्ने प्रचलन थियो । त्यसैले समाजले त्यतिबेला कृषिलाई सर्बोपरी स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ । तर आज त्यसको ठिक विपरीत कृषि कर्म सबैभन्दा नीच, व्यापार माध्यम नै र नोकरी सर्बोत्तम बन्न पुगेको छ । कृषि जस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनर्स्थापना गरेर कृषि कर्म र किसानलाई चौतर्फी रुपमा सहयोग गरेर उन्नत तुल्याउन सकिएन भने मानव अस्तित्व नै ठूलो संकटमा पर्ने कुरा दिन प्रतिदिन सन्निकट हुँदै गइरहेको छ । आजको बिश्वको बढ्दो जनसंख्या र जमिनको धान्न सक्ने क्षमता(क्यारिङ्ग क्यापासिटी) र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आकलन गरेर नै संयुक्त राष्ट्र संघले पनि अरु धेरै खानहुने श्रोतहरु (एडिबल्स) अहिले अस्तित्वमा भइरहेका बाहेक अरु थप झारपात,बोट बिरुवा, पशुपंक्षी समेतलाई  खाद्य वस्तुमा जोड्न बाध्य बनेको देखिदैछ । यसले पनि कृषिको बिश्वब्यापी महत्व, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्त आवश्यकतालाई थप  दर्शाउँदछ ।

त्यसैले हाम्रो कृषि क्षेत्रमा सरकारी स्तरमा रहेको व्याप्त भ्रष्टाचार र कमिशनखोरीको महाजाल तथा किसान चूसाहा प्रवृत्तिलाई समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र विश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने किसमले अघि बढ्नु पर्ने आवश्यकता आज टड्कारो छ । यस सन्दर्भमा भूमिसँग जोडिएको असमान वितरण, स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नु पर्ने पहिलो सर्बोपरी आवश्यकता छ । यसैलाई बिगतदेखि नै वैज्ञानिक क्रान्तिकारी भूमिसिुधार भनिदै आएको हो । यसका अतिरिक्त अर्कोतिर कृषिलाई दीगो र उत्पादनशील तुल्याइ राख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको सुनिश्चित बजार व्यवस्थापन, क्षतिपूर्तिको व्यवस्थाका साथ उन्नत र गुणस्तरीय प्रांगारिक मल, बिऊ, निरन्तर सिचाईं प्रबिधिको उपाय, रोग किरा लाग्न नदिने र लागि हालेमा नियन्त्रण गर्ने जैविक प्रविधिको उन्नत उपाय अवलम्वन गरिनु अत्यावश्यक छ । यी सबै कार्यका लागि जल–ऊर्जा शक्ति किसानको प्राथमिकतामा पर्नु पर्दछ र कृषि, वन वातावरणलाई जोगाउन बिद्यूतको उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि बिद्यूत उत्पादन कृषिसँगै जोडिएको अर्को महत्वर्ण र आधारभूत राष्ट्रिय कदम हो ।

अन्यथा हामी मौसम अनुकूल  हुँदा धानबाली लगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जीडीपी) बढ्ने, अर्थतन्त्र सामान्य सुध्रिने  र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने स्थितिभन्दा माथि उठ्न कदापि सक्ने छैनौं । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरष्कारकै निरन्तरता बाहेक थप अरु केही थप हुने छैन । त्यसैले आज किसान वर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिबर्तनको लागि पहिल्यै कहिल्यैभन्दा जगरुप, संगठित र संघर्षशील हुनुको कुनै बिकल्प छैन । कोभिड–१९ महामारीले कृषिमा ध्यान केन्द्रित गर्न विश्वव्यापीरुपमा ध्यानाकर्षण गरिरहेको सन्दर्भमा यी कुराहरुलाई गम्भीर र गहन रुपमा मनन गर्न सकियो र सिकियो भने मुलुकलाई सही दिशामा अग्रसर तुल्याउन सकिन्छ ।

Tags: कृषिको विश्वव्यापी महत्व

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि