Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

अब काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकामा सेना परिचालन


अब काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकामा सेना परिचालन

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ  गर्ने तयारी गर्ने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका हुन्  ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ गर्नुपर्ने जनाएका हुन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढीलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताउनुभयो ।

अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरुको आवत जावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सीमा नाकामा कस्तो हुँदैछ भने, चाहेर पनि नचाहेर पनि झण्डै दुइ हजार मान्छेलाई हामीले काठमाण्डौ भित्र्याउनै पर्छ । प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ । यदि दुई हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग हो, काठमाण्डौको । त्यसकारण काठमाण्डौमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ । अनावश्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सीमामा कडाइ गर्नुपर्ने हुन्छ । सीमामा कडाइ गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनुपर्छ । नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँ न के फरक पर्छ र भनेर डीडीएमसीबाट निर्णय गरेर माथि पठाइयो तर सीसीएमसीमा त्यो कुराको त्यति सुनुवाइ नभएको हो कि ।’

दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभइ प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याइ भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताउनुभयो । सडकमा जड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गरेर काम गर्नुपर्ने जिम्मेवारी भएको प्रहरीलाई भ्याइ नभ्याइ भएकाले सिमानामा नेपाली सेनालाई नै खटाउनुपर्ने उहाँले बताउनुभयो ।

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई कस्तो दबाबा आउँछ बुझ्नुपर्ने, निर्णयक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाकाभन्दा उता गाडी ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृत्ति पनि देखिन्छ ।’

योजनाबद्ध रुपमा मानिसहरुलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । मान्छेलाई आउनै नदिने भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवश्यकता रहेको पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा योजनाबद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने, बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब विवरण राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ ।’

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाइ निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन् । दशैँजस्तो ठूलो चाड आउँदै छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले बेहोरिरहेका छौँ । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यान फाल्न पनि तयार हुँदो रहेछ । दशैँमा पनि त्यस्तो हुन सक्छ । त्यसो भएको हुनाले दशैँसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाए पनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ । होइन भने मानिसहरु दशैँमा घर जाने भन्ने हुन्छ, जमानादेखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भए पनि आशीर्वाद लिनुपर्छ भन्ने खालको सेन्टिमेन्ट र इमोसनमा झन् भयाभह स्थिति हुन सक्छ । त्यसलाई पनि विचार गरेर यो दशैँसम्म अझै सहजीकरण गर्ने तर यसलाई त्यो बेलासम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।’

नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताउनुभयो । विहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने बताउनुभयो ।

Tags: निषेधाज्ञा

तपाईको प्रतिक्रिया

Related Posts

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

3 hours ago
पत्र-पत्रिका

22 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

22 hours ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

1 week ago

ताजा समाचार

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

59 mins ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

3 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

22 hours ago

22 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

22 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि