काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको जानकारी दिदै छलफलमा बैठक बोलाउने सहमति भएको जनाउनुभयो ।
यसअघि बैठक साउन १३ गते बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
तपाईको प्रतिक्रिया