Pahara Nepal
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

विश्वलाई बजारले नचाइरहेको आजको वास्तविकता


विश्वलाई बजारले नचाइरहेको आजको वास्तविकता

—लोकनारायण सुवेदी 

विश्वमा आज कसैको जमाना छ भने बजारको जमाना छ । वास्तवमा आज मानिसको पूरै अस्तित्व बजारको नियन्त्रणमा गइरहेको छ । जे बाँकी बचेको छ त्यो पनि चाडै नै बजारको परिधिमा धकेलिने खतरा सर्वत्र विद्यमान छ । कसले के खाने, कहाँ जाने, के पढ्ने, के हेर्ने, के सुन्ने सबै कुरामा आज यही बजारले सर्वत्र पहरा गरिरहेको छ । बजारले नै यी सबै कुरा निर्धारण गर्दछ र आफ्नै हिसावले हाम्रा सामुमा पस्किने गर्दछ । हाम्रो स्वाद, हाम्रो जीब्रो, हाम्रो जायका सबै आज बजारको इशारामा नाचिरहेका छन् । ज्ञान र कर्मका सम्पूर्ण इन्द्रियहरुमाथि आज बजारको नियन्त्रण बढ्दै गएको छ । सर्सरी माथिबाट हेर्दा त लाग्दछ कि बजारले स्वतन्त्रता दिन्छ, छनौट गर्ने छुट दिन्छ र मानिसलाई एक हदसम्म समर्थ भएको महसुश पनि गराउँदछ । यस्तो स्थितिमा मानिसले आफुलाई शक्तिशाली पनि महसुश गर्न थाल्दछ । तर यो मानिसको मनको कोरा भ्रम मात्रै हो । किनभने यसको आधार मानिसको आफ्नो बुद्धि या विवेक नभएर लोभलाग्दा बिज्ञापन हुने गर्दछन् । जसले एउटा नौलो यथार्थको विकास गर्दछन् । अनि त्यो छ, एक किसिको  आकर्षक र भरोसा लाग्ने  खालको जस्तो यथार्थ !

आज बिज्ञापनले हामीलाई रचना गर्न थालेको छ र बिज्ञापनको डोरो व्यापारीको हातमा छ जसको नजर केवल आफ्नो मुनाफामाथि केन्द्रित रहेको हुन्छ । आज नूनदेखि लिएर सुनसम्म, सियोदेखि लिएर  बायुयानसम्म पनि सबै कुराको बिज्ञापन हुने गर्दछ । बजारको परिभाषामा बिज्ञापन एउटा न्यायोचित र अनिवार्य व्यवहार हो र केवल व्यापारी मात्रै होइन सामाजिक संस्थाहरु र सरकार समेत यसबाट अछुतो रहेका छैनन् । प्राय हरेक व्यापारमा बिज्ञापनका लागि निक्कै ठूलो बजेट राखिएको हुन्छ । अनि बिज्ञापन बनाउनका लागि ठूल्ठूला प्रशिक्षित बिशेषज्ञ हुन्छन् । यी बिज्ञापनहरुले केवल सूचना मात्र दिदैनन् । तिनले (नक्कली) साक्ष पनि उपलब्ध गराउने गर्दछन् । अर्थात सबै अमुक चीज, अमुक अभिनेता, गायक, नर्तक या खेलाडीसँग जोडिएका हुन्छन् यी बिज्ञापनहरु ! उनीहरु ती बस्तुहरु मन पराउँदछन् या ती बस्तुहरु उपयोग गर्ने कशम खान्छन् र तिनलाई उपयोगमा ल्याउने सल्लाह दिन्छन् । दर्शकका लागि उनीहरुका आफ्ना मन परेका नायक नायिकाहरुले बोलेको कुराको निक्कै नै ठूलो महत्व हुन्छ । तिनको प्रतिष्ठासँग जोडिएका ती बिज्ञापित सामाग्रीहरुले यसरी बास्तविक भएको भन्दा नयाँ अर्थ पाउँदछन् । अनि यस्ता सामाग्रीहरुसँग आफुलाई जोड्न ग्राहक मग्न हुने गर्दछन् । स्पष्ट छ, यसरी आवश्यकताहरुको ब्यापार र सौदा हुने गर्दछ । बिज्ञापनले आवश्यकता बेच्दछ आवश्यक अनावश्यक दुैबै किसिमका आवश्यकताहरु । अनि हामी यी अन्तहीन आवश्यकताहरु किन्दै जान्छौं । यसलाई सही ठहराउनका लागि सही गलत विभिन्न किसिमका तर्क गढ्ने गरिन्छ । आवश्यकता कायम रहिरहोस्, कम नहोस्, यसका लागि के बताइन्छ भने आवश्यकता बासी रहिरहेका छन् र यसो हुनु आधुनिक हुनेका लागि नोक्सानदायी हुन्छ । यस्तो बद्लिदो मन र मिजाजका लागि नयाँ जमानामा यदि कसैलाई कम आवश्यकता परेमा त्यसलाई गँवार या असभ्य भएको कल्की मजाले भिराइन्छ । 

हुन पनि बजारले आफ्नो आवश्यकता अनुसारनै बेच्ने गर्दछ । त्यसका लागि बजारलाई खुल्ला छुट मिलेको छ । हामी आज बिज्ञापनको प्रखर छाया मुनि जीवन बिताइरहेका छौं । समाचार पत्रहरु, टेलिभिजन, सडक किनाराका होर्डिङ्ग बोर्ड, नियोट लाइटको सेतो दुधिया बल्ब आदि सबै एकजुट भएर बिज्ञापनको एउटा प्रभावकारी संरचना खडा गर्दछन्, जसको असरबाट सामान्य मानिसलाई आफ्नो चञ्चल मन सुरक्षित बचाएर राख्न धेरै ठूलो चुनौति बन्न जान्छ । साधारण मानिस यसरी फँस्छ र बेहिसाव किनमेल गर्दछ । यो किनमेललाई सजिलो बनाउनका लागि रुपिया होइन, प्लास्टिकको क्रेडिट कार्ड तयार छन् । सर्सरी हेर्दा के लाग्दछ भने एक पैसा खर्च नगरी काम बडो सहज किसिमले भइरहेको छ । यो भ्रम केवल किनमेल बढाउनका लागि मात्र हो । वास्तविकता के हो भने मानिस क्रेता भएर बिकिरहेका छन् र कठिनाइहरु यत्तिका धेरै छन् कि मानिस यसबाट अभिशप्त भएर आत्महत्यासम्म गर्ने भावावेशमासम्म पुग्ने गर्दछन् ।

हाम्रो देशको कुरा गर्ने हो भने त झन यो व्यापारिक पूँजीवादको खोक्रो आडम्बरमा भरमार र भयावहरुपमा चलेको छ । औद्योगिकरण छैन, रोजगारी छैन, उत्पादन छैन । ती सबैका लागि चाहिने ऊर्जा बनाउन सकिने भए पनि तिनलाई निकाल्न सकिएको छैन । ऊर्जा भएको यूवा बिदेशिन बाध्य छ । तर पनि देश चलेको छ । बिदेशी सामान लदाबदी छ । हामी राष्ट्रबादको खोक्रो नारा लगाउन तम्सन्छौ । तर शीरदेखि पाउसम्म बिदेशी लत्ता कपडा, घडी, सिक्री लगाएका छौं । घरमा बिछ्याउने कार्पेट होस कि दुइ छाक भर्नुपर्ने पेट होस् सबै हामीलाई बिदेशबाट आउँछ । लाउने, खाने, बस्ने, उठ्ने, गुड्ने, उड्ने सबै कुरा हामी अन्तैबाट पाउँछौ र त्यसैमा रमाउछौं र अझ ‘पिओर’ बिदेशी सामान भनेर ठूलो  गर्ब गछौं । ब्यापार घाटा बिकराल छ, परनिर्भरता असीमित र व्यापक छ । त्यसको असर सत्ता, राजनीति सर्बत्र ब्याप्त छ । तर पनि हामी गतिलै छौं भन्ने भ्रम पालिरहेका छौं । यसरी हामीले बजार बढाइरहेका छौ । किनमेल हाम्रा हैसियत जाच्ने कसी भएको छ । प्रतिष्ठा र सभ्यताको बिषय बस्तु बनेको छ । प्रतिस्पर्धा नै यसैका लागि चलिरहेको छ । चालढाल, बद्लिदो फेशन आदि सबै कुरा बजारले चलाइरहेको छ । जति बढी किनमेल उत्ति बढी सम्वन्ध बिस्तार अनि त्यसलाई कायम राख्ने अनेक कुरा । किनमेल यसरी हुन थालेको छ कि त्यो एउटा व्यसन या दुर्व्यसन जस्तै बनेको छ । अनि जसले किनमेल गर्दछन् ती सन्तुष्ट त कम छन् तर जसले किनमेल गर्न नै सक्दैनन् तिनमा असन्तुष्टी अझ धेरै छ । तर यो बजारले भने दिनका दिन नयाँ नयाँ बस्तु प्रवेश गराएर तिनको कमी र अभाव जताउन र किन्न प्रेरित गर्न कुनै कसर बाँकी राख्दैन । राख्न नै चाहँदैन । 

किनमेलको यो क्रममा कच्चा माल प्राप्त गर्न नैसर्गिक पर्यावरण नष्ट पार्न पनि पछि नपर्ने, पर्याबरण सन्तुलन गुमाउने, उत्पादनमा विषाैला रसायनहरु प्रयोग गर्ने, यन्त्रहरुको सहायताले कम लागतमा झट्ट हेर्दा निक्कै आकर्षक चीजबीजहरु उत्पादन गर्ने जस्ता ती सबै धेरै नै ‘आवश्यक परेका चीजबीज’ बनाएर प्रस्तुत गर्ने एउटा प्रपञ्च जस्तै दिनदिनै भइरहेको छ र बढ्दैछ । यस प्रकार एउटा निरन्तर यस्तो क्रम बन्दै आएको र गएको छ अनि मानिसलाई किनमेल गर्न बिवश बनाइदैछ । पूँजीपतिको लाभको अनन्त लोभको अगाडि सबै सत्यहरु झुट बन्ने गरेका छन् । यसरी मानिस नै एउटा वस्तु बन्दै गइरहेको छ । यद्यपि बजारको बिन्यास र चरित्र बद्लिदै गएको छ । कुनैबेला बजार मेलाठेलाको उत्सव जस्तो हुने गर्दथ्यो तर अब बजार विमानवीकरण(Dehumanizton)को ठूलो र गम्भीर माध्यम र बहाना बन्दै गइरहेको छ । यस अत्यन्तै कठिन घडीमा मानिसले के बुझ्न अत्यावश्यक छ भने बजार मानिसको लागि हो मानिस बजारको लागि होइन । जीवन बाच्ने बिवेक भएन भने न यो धरा(पृथ्वी) बाच्ने छ, न मानिस नै । किनभने सही किसिमले सदुपयोग र व्यवस्थापन नगर्ने हो भने पृथ्वीको कोष असीमित र सधैका लागि सबैका लागि छेलोखेलो रहेको छैन । यसको बहन क्षमता सीमित छ र झनझन सीमिति हुँदै गइरहेको छ ।

Tags: विश्व बजार

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

No Result
View All Result