काठमाडौं । निषेधाज्ञा थप भदौ ३१ सम्मलाई लम्बिएको छ । भोलिदेखि लागु हुने निषेधाज्ञा यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि भने खुल्ने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने भएको हो ।
अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले जनाएका छन् ।
व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे आधिकारिक निर्णय केेेहि बेेेरमै सार्वजनिक गर्ने र विस्तृतमा खुलाइने दाहालले बताए ।
शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने जनाइएको छ ।
यसअघि भदौ १७ देखि गरिएको निषेधाज्ञा आज भदौ २४ रातिसम्म लागू हुनेछ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका औपचारिक निर्णय अबको केही बेरमै सार्वजनिक हुँदैछ ।
तपाईको प्रतिक्रिया