एउटा माझिले खुब मेहनत गरेर एउटा माछोलाई जालमा पारेछ । जालमा परेको माछोलाई सम्झेर मुख रसाइरहेको बिचरा माझिले माछो हातमा लिन नपाउदै एक चलाक छट्टुले माझिको परिश्रमको ख्याल् नै नगरी माझिबाट त्यो माछोलाई बलपूर्वक छिनेर हिँडेछ। विचरा माझी दैव पुकार्नु बाहेक के नै गर्न सक्थ्यो र ? उस माझिले आकासतिर हेरेर :- हे ईश्वर म निर्बलमाथि बल प्रयोग गर्ने यश दुष्टलाई तिम्रो बलले निर्बलताको आभास दिलाओस् भनेर प्रार्थना गरेछ । जसको कोहि शक्तिशाली हुँदैन उसको ईश्वर हुन्छ भन्ने अवगत भैरहेकै होला । ईश्वरले सायद माझिको वचन सुन्नु भएछ । त्यो छट्टु बलशाली व्यक्ति जब त्यो माछोलाई आफ्नो शक्तिले समात्दै थियो त्यही समयमा अचानक त्यो माछोमा हातबाट छुट्न सकिने शक्ति प्रवाह भएछ र उक्त चलाक भनाउदो व्यक्तिको हातमा टोकेर फुत्किएछ । माछोले टोकेको घाउ भनेर व्यक्तिले त्यति ध्यान दिएनछ । एक दिन, दुई दिन बित्दै जाँदा त त्यो साधारण घाउ निको हुने अवस्थाकै भएन छ र त्यो व्यक्ति चिकित्सककहाँ गएछ र सम्पुर्ण कुरा बताएछ । चिकित्सकले चेकजाँच गरिसकेपछी उसलाई हत्केला नै काट्नुपर्ने नत्र केही दिन पछि पुरै हात नै बिषयुक्त भएर हातै कटाउनुपर्ने अवस्था आउनसक्ने सल्लाह दिएछ । नहुनु मामाभन्दा कानो मामा वेश भनेझैं त्यो दुष्ट व्यक्तिले चिकित्सकको सल्लाह बमोजिम हत्केलाको भाग काटेछ र घर फर्किएछ । पुन: केही समयपछी काटिएको भाग बाहेकको माथिल्लो कुना सम्मकै पुरै भाग बिग्रिएछ । फेरि चिकित्सककहाँ जाँदा चिकित्सकले कुइनोको भागदेखी तलको सबै भाग काटेर नफाले सम्पुर्ण शरीर नै विषयुक्त हुनसक्ने सम्भावना बताउँछन् । चिकित्सकको सल्लाहलाई शिरोपर गरि आधा हात काटिन्छ । केही समयपश्चात् पुन: बाँकि रहेको भाग पनि बिग्रिन्छ । पुनः चिकित्सकसंग सोध्दा पुरै हात काटेर फाल्नैपर्ने नत्र ज्यान समेत जानसक्नेबारे चिकित्सक बताउछन् । यसको अर्को बिकल्पबारे बुझ्न खोज्दा एक चीर परिचित साधुलाई यसकोबारे सोध्दा साधु भन्नुहुन्छ :- अरे महाशय हजुरले कसैको परिश्रमको पसिनालाई बलपूर्वक छिनेर उसको मन त दुखाउनु भएको छैन ?? साधुको प्रश्नमा उक्त व्यक्ति आफुले गरेको त्यही कार्यको स्मरण गर्दै एक माझिलाई गरेको अत्याचारको स्मरण गर्दछ । त्यसपछी साधु भन्नुहुन्छ कसैको पनि परिश्रमलाई यदि कसैले लुट्दछ भने त्यसको यहि हालत हुन्छ , जाउ गएर माझिसंग माफी माग र माझिलाई खुसी तुल्याउ तिम्रो बिराम त्यसै ठिक हुनेछ । त्यो व्यक्ति माझि भएठाँउ गएर माझिलाई खुसी तुल्याउछ र साधुले भनेझैं रोग निको हुन्छ ।
अत: अर्काको परिश्रमको प्रतिफलबाट जीवन सुरम्य बन्ला भन्ने सपना त्यागेर जे बन्नुछ आफ्नो परिश्रमले बन्नेछु भन्ने दृढ प्रतिज्ञाका साथ अगाडि बढ्नुपर्दछ । जीवन साँच्चै सुरम्य बन्नेछ । यदि लुटेराको जस्तो जिन्दगी बनाउनेतर्फ गैयो भने के के गुमाउनुपर्ला भनेर चिन्तन गर्नुपर्ने हुनसक्छ । अर्काको आँसुको कष्ट कति बिकराल हुनसक्छ उदाहरण माझिमात्रै होइन हाम्रै समाजमा कैयन छन् बस् चिन्तन गर्नेको कमी छ । त्यसकारण जीवनको बाटो सफा र सहज बनाउनेतर्फ लागौं ।
दुर्घटना सोधपुछ गरेर आउदैन
राघवजी मौद्गल्य
काठमाडौ
तपाईको प्रतिक्रिया