Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

अमेरीकाको परमाणु हतियारमा सबैभन्दा अगाडि हुने अडान


अमेरीकाको परमाणु हतियारमा सबैभन्दा अगाडि हुने अडान

-लोकनारायण सुवेदी 

आज अमेरिकासँग दशकौंदेखिका यस्ता घातक र खतरनाक परमाणु हात हतियार रहेका छन् जसले यो एक मात्र मानव वस्ती पृथ्वीलाई यत्ति नराम्रोसँग खरानी तुल्याउन सक्तछ कि त्यसपछि त त्यो  मानिस बस्न नै लायक रहने छैन । तर यो आणविक परमाणविक हतियारको खलियो खलियो लागिसक्दा समेत पनि शायद अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पर्याप्त छैन ! यस सन्दर्भमा एउटा विश्व प्रसिद्ध समाचार एजेन्सी रायटरमा प्रकाशित एउटा अन्तरवार्तामामा ट्रम्पले भनेका छन् — ‘‘धेरै राम्रो हुने थियो यदि कुनै देशसँग परमाणु हतियार हुदै नहुँदा, तर यस्तो हुँदैन, त्यसैले हतियार राख्ने विषयमा अमेरिका सबैभन्दा अगाडि रहनु पर्दछ ।’’

अहिलेसम्म अमेरिकासँग आणबिक हात हतियारको थुप्रो बृटेनको तुलनामा ६१ गुणा र चीनको तुलनामा २६ गुणाभन्दा बढी रहेको छ । तर गम्भीर प्रश्न के उठ्छ भने के अमेरिकी राष्ट्रपति ट्रम्प स्वयंले परमाणु हतियारको बटम दबाउन सक्छन् ? परमाणु हतियारको कुरा गर्दा अहिले अमेरिकाभन्दा पनि रुस अझ अगाडि रहेको देखिन्छ  । त्यो पहिलो पटक मात्र पनि होइन कि डोनाल्ड ट्रम्पले यस्तो किसिमको बयानवाजी गरेका हुन्  । राष्ट्रपति चुनिए पछि तुरुन्तै नै उनले एउटा ट्वीट गरेका थिए र के भनेका थिए भने अमेरिकाले आफ्नो आणबिक क्षमता बढाउनु पर्दछ । यसले उनको परमाणु शक्ति बढाउने जोड शुरुदेखि नै रहेको थियो भन्ने कुरा एकदमै प्रष्ट पार्दछ ।

यस सम्वन्धमा वाशिङ्गटन स्थिति आम्र्स कण्ट्रोल एसोशिएशन नामको संस्थाको  एउटा महत्वपूर्ण प्रतिवेदन र सूचना अनुसार केवल रुस नै छ जो परमाणु शक्तिको बिषयमा अहिलेका लागि अमेरिकाभन्दा अगाडि छ । अमेरिकासँग जम्माजम्मी ६,८०० परमाणु हतियार छन् भने त्यस्ता हतियार रुससँग ७००० जति छन् । प्रष्ट छ अमेरिकाका भन्दा २०० बढी । ज्ञातब्य छ कि अमेरिका र रुस दुबै यस्ता देश हुन् जोसँग परमाणु हमलाका लगि आवश्यकताभन्दा बढी हतियारको थुप्रो लागेको छ । दुबैसँग बिश्वमा हाल मौजूद कुल १५००० यस्ता आणविक हतियारहरुको ९० प्रतिशत हतियारहरु रहेका छन् । यस सूचिमा ३०० आणबिक हतियारकासाथ फ्रान्स तेश्रो नम्बरमा छ । यतिबेला बिश्वमा ९ देशहरुसँग २०१७सम्म सबैभन्दा बढी परमाणु हतियार रहेका देखिन्छ :

यो माथिको तालिकाले पनि प्रष्ट पार्दछ कि आफुसँग यत्तिका परमाणु हतियार भइकन पनि अमेरिका अझ अगाडि बढाउन चाहन्छ । आणबिक हात हतियार सम्वन्धमा आजभन्दा १० बर्ष अगािड २०१० प्रागमा भएको ‘स्ट्र्याटेजिक आम्र्स रिडक्सन ट्रिटी’ अर्थात् ‘रणनीति हतियार कम गर्ने सम्झौता’ अन्तरगत अमेरिका र रुसले अफ्रिल २०१८ सम्ममा आफ्ना परमाणु हातियारहरुको थुप्रोलाई समान तुल्याइनु पर्ने, यसपछि २०२० सम्ममा दुबै देशले नयाँ सम्झौतमा बिचार गरिने प्रावधान रहेका छन् । यो सम्झौताका बारेमा  त डोनाल्ड ट्रम्ले पहिला नै ‘एकतर्फी’ भनिसकेका छन् । ट्रम्पले रायटर्ससँग भनिसकेका छन् कि — ‘‘चाहे त्यो हाम्रो मित्र नै किन नहोस्, हामी कुनै पनि देशभन्दा पछाडि रहने छैनौं । परमाणु शक्तिको कुरामा त हामी अरुभन्दा अगाडि नै हुनेछौं ।’’

नेटो सम्झौता अन्तरगत अमेरिकाले बेल्जियम, जर्मनी, इटली, नीदरल्याण्ड र तुर्कीमा आफ्ना परमाणु आयुधहरु तैनाथ गरेको छ । क्यानाडा, बृटेन र मिश्रमा पनि अमेरिकाका यस्ता परमाणु हतियारहरु तैनाथ थिए जो पछिबाट हटाइए । यसका अतिरिक्त अन्य सैनिक ठेगानाहरुमा पनि अरु युद्ध पोतहरुमा यस्ता परमाणु हतियार राखिएका छन् । सर्सरी हेर्दा अमेरिकाको परमाणु सम्वन्धि नीति दुइधारे किसिमको देखिन्छ ।

यस सम्वन्धमा ‘फाउण्डेशन अफ पीस इन दि न्यूक्लियर एरा’ की कार्यकारी निर्देशक रिक वेम्यानले बीबीसीलाई बताए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका यस सम्वन्धि प्रयत्नहरु कति पनि तर्कसंगत छैनन् । उनले थप भनेकी छन् ‘बिद्यमान सम्झौताका बिरद्ध जाने कुनै कारण छैन’। उनले प्रष्टै भनेकी छन् कि यस बिषयमा अमेरिकाले दोधारे नीति लिएको छ – कुनै अरु देशले परमाणु हतियार बनाउँदा अमेरिका त्यसका बिरुद्ध कडा कदम उठाउने गर्दछ जबकि ऊ स्वयंसँग अरु देशहरुभन्दा कयौं गुणा बढी परमाणु हतियारहरु छन्’ । 

उनी अझ अगाडि प्रष्ट पार्दछन् कि तथाकथित रणनीतिक हतियारहरुबाट यो पृथ्बीलाई नराम्रोसँग हानी नहोस् भन्ने कुरा अमेरिकाको हातमा छ । यद्यपि कुरा के होइन भने अमेरिका मात्र एक्लै यस्तो देश हो जसले यो धरतीलाई मानिस बस्न लायक रहँन दिदैन ।

एकजना अनुसन्धानकर्ता बताउँदछन् — ‘ट्रम्पले जे भन्दछन त्यो साँचो हो कि होइन यो बुझ्न मुश्किल छ, तर परमाणु हतियारहरु अरुलाई डर देखाउन, धम्क्याउन प्रयोग गरिने कुरा होइन’ । संयुक्त राष्ट्र संघका अनुसार परमाणु हतियार पृथ्वीमा आज सबैभन्दा शक्तिशाली हतियारहरु हुन् । 

निशस्त्रीकरण बिषयमा लागि संयुक्त राष्ट्र संघीय कार्यालयको  यस प्रकारको स्पष्ट भनाइछ : ‘‘यी परमाणु हतियारबाट न केवल एउटा शहर मात्र समाप्त पार्न सकिने हो, बरु लाखौ लाख मानिसलाई एकै चिहान पार्न सकिन्छ, अनि पर्याबरण र मानिसको आउदो पिढीलाई पनि ठूलो नोक्सानी पु¥याउन सकिने छ ।’’

बितेको झण्डै ८ दशक अगाडि १९४६ मा अमेरिकाले नौसेनाका जाहजहरुमा परमाणु हतियारहरुको असर जान्नका लागि दुइटा परमाणु परीक्षण गरेको थियो । शायद अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो जानकारी भएको नहोस् । अनि उनी यस सम्वन्धमा जे पायो त्यही बोल्दै हिडेका हुन् । आम्र्स कण्ट्रोल एसोशिएनको भनाइ छ कि — ‘‘ट्रम्पका कुराकानीबाट के लाग्दछ भने उनलाई परमाणु हतियारहरु र तिनका गम्भीर खतराका बारेमा जानकारी छैन । शीत युद्धको इतिहासले बताउँदछ कि परमाणु हतियारको लडाईमा कसैको पनि जीत हुदैन । रिक वेम्यानका अनुसार ‘‘१९६५ को क्यूबाको मिसाइल संकटबाट शायद हामीले(अमेरिकीहरुले) केही पनि सिकेनौं ।’’ हामीले केही नसिकेको कुराको सबूत प्रमाण यही हो कि यस्ता हात हतियार आज पनि मौजूद रहेका छन् र आज तिनबाट पहिलाको भन्दा अझ बढी खतरा छ । 

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

2 weeks ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

2 hours ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि