दार्चुला । शनिवार मार्मा गाउँपालिकाका ३१ जना भारतबाट फर्किएका छन् । कोरोना भाइरस संक्रमणका कारण भारतबाट फर्किएका उनीहरु गौरीफन्टा नाका हुदै मार्मा पुगेका हुन् । शनिवार मार्मा पुगेका उनीहरुलाई वडा नम्बर ४ मा रहेको लटिनाथ मावि पडपडामा राखिएको छ । आफूहरुलाई गाउँपालिकाले कुनै व्यवस्थापन नभएको क्वारेन्टाइनमा राखेको उनीहरुले बताएका छन् ।
“न बिजुली छ, न राम्रो खाने बस्ने नै व्यवस्था । भारतबाट आएका स्थानिय महेश विष्टले भने, हामीलाई जबरजस्ती क्वारेन्टाइनमा राखेको छ ।” आफूहरु सुरक्षित तरिकाले घरको होम क्वारेन्टाइनमा बस्छौ भनेपनि घर जान नदिएको अर्का स्थानिय कटक बहादुर सिंहको भनाइ छ ।
कि त स्थानीय सरकारले क्वारेन्टाइनमा बस्ने राम्रो व्यवस्था मिलाइदिनुप¥यो, नत्र हामी सेल्फ – होम क्वारेन्टाइन जान्छौ उनले भने ।गाउँपालिकालाई आफूहरुले दिउँसो २ बजे सम्मको समय दिएको तथा त्यो समयमा पनि व्यवस्थापन हुन नसके घर जाने उनीहरुको भनाइ छ । वडाध्यक्षले समेत फोन स्वीच अफ गरेर बसेको उनीहरुको आरोप छ ।
तपाईको प्रतिक्रिया