Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भाषा ज्ञान र भाषा आन्दोलनको भविष्य


भाषा ज्ञान र भाषा आन्दोलनको भविष्य

-लोकनारायण सुवेदी 

आजको विश्वमा  यस कुरामा कुनै सन्देह छैन कि बास्तवमा अंग्रेजी भाषाको विश्व साम्राज्य बढ्दै नै गएको छ । यसका कारणहरु छन् । यूरोपेली देश, अग्रेज र अग्रेजीलाई निक्कै निचो नजरले हेर्ने देशहरु पनि आज यो भाषा सिक्न उद्यत छन् । आज  चीन र जापान जस्ता देशहरुमा पनि यो अग्रेजी भाषा सिक्ने  होड नै चलेको छ । यसको सबैभन्दा मूल कारण हो बिज्ञान र प्रबिधिका लागि आजको विश्वमा अंग्रेजी नै सबैभन्दा सर्बसम्मत जस्तै अन्तराष्ट्रिय भाषा बन्नु । अर्थशास्त्र र अन्तराष्ट्रिय ब्यापारमा पनि यसै भाषाको बर्चश्व छ । अनि त्यसैले ती सबै मानिसहरुलाई यसबाट ठूलो फाइदा छ जसको मातृ भाषा नै अग्रेजी छ भन्ने कसैलाई पनि लाग्न सक्तछ । तर कुरा यति सरल अबश्य छैन । अग्रेजी मातृ भाषा भएको जति फाइदा अग्रेजहरुलाई भएको मानिदैछ त्यो भन्दा बढी उनीहरुलाई नोक्सानी नै हुनेगरेको अनुभवले देखाएको छ । एउटा प्रतिष्ठित अग्रेजी समाचार पत्रमा छापिएको लेखमा बताइए अनुसार सबैभन्दा ठूलो नोक्सान के भएको छ भने अग्रेजहरुलाई बिश्वका मानिसहरुका अन्य भाषा सिक्नुपर्ने  स्थिति नै बनेन । उनीहरु बिश्वको जुनसुकै कुनामा गए पनि आफ्नो भाषा बोलेको उनीहरुले पाउँदछन् । फलतः उनीहरुलाई अर्को भाषा सिकिरहनु पर्ने आवश्यकता नै पर्दैन । तर यसबाट उनीहरुको सोच्ने,बुझ्ने दृष्टिकोण र उनको सँस्कृति एकांगी बन्न पुग्दछ र पुगेको छ । के देखिएको छ भने अग्रेजीभाषी मानिसहरुले अरु समाज र समुदायको सभ्यता सँस्कृतिलाई जान्ने बुझ्ने क्षमता नै कम भएर गएको छ । यद्यपि भूमण्डलीकरणको आजको युगमा यसको सबैभन्दा बढी आवश्यकता बनेको छ । बृटेनको उपनिबेशबादको पछाडि अन्य बिभिन्न कारणहरु भए पनि यसको एउटा ठूलो कारण अग्रेजहरुमा अरु देशको भाषा, सँस्कृति र इतिहासलाई जान्ने बुझ्ने ठूलो जिज्ञाषा र उत्कण्ठा  पनि एउटा कारण थियो । 

विश्वमा प्रभावशाली हुनका लागि बिश्वलाई बुझ्नुपर्ने हुन्छ र बिश्वलाई बुझ्नका निमित्त बिज्ञान र प्रबिधिको ज्ञानभन्दा पनि बढी आवश्यकता राजनीति, अर्थशास्त्र र इतिहास ज्ञानको हुन्छ । अहिले के भनिदैछ भने केवल अग्रेजी ज्ञानको कारणले बिज्ञान र प्रबिधिमा त त्यस्तो खाशै  कुनै कठिनाई आइरहेको छैन तर सामाजिक बिज्ञानको अध्ययन र अनुसन्धानलाई भने ठूलो नोक्सान पुगिरहेको छ  ।जसको मातृभाषा अग्रेजी छैन तिनले त अग्रेजी सिक्छन् र उनीहरुलाई कम्तिमा दुइ भाषाको ज्ञान हुन्छ । तर केवल अग्रेजी मात्र जान्नेहरुभन्दा उनीहरु राम्रो स्थितिमा हुन्छन् । के मानिन्छ भने एक भाषा जान्ने भन्दा एकभन्दा बढी भाषा जान्ने मानिसको ज्ञान क्षमता बढी हुन्छ र उनीहरु बढी लचिलो र सहिष्णु पनि हुन्छन् । बिज्ञान र प्रबिधिको अत्याधुनिक बिकासले आज सारा संसारका देशहरु नै एक आपसमा जोडिएको बेलामा एउटै भाषा र सँस्कृति जान्नेहरुको प्रगतिको सम्भावना कम भएर जान्छ । सामान्य कुरा के  छ भने कुनै पनि अर्को देशको इञ्जिनियर या प्रबन्धकका योग्यताहरुमा एउटा अतिरिक्त योग्यता जोडिएको हुन्छ र त्यो भाषाकै योग्यता नै हो ।

सामान्यतः अमेरिकीहरुका बारेमा के भनिन्छ भने उनीहरुलाई आफ्नो देशभन्दा बाहिरको जानकारी लगभग हुने गर्दैन । अग्रेजीभाषी समाजका मानिसहरुलाई आज जुन खतरा महसुश हुदै गइरहेको छ त्यो केवल अग्रेजहरुका लागिको मात्रै खतरा होइन, अग्रेजी बाहेक अरु भाषा नजान्ने अग्रेजी मूलभन्दा फरक बर्ग पनि पैदा भएको छ । यसलाई कसैले अभिजातीय भएको प्रमाण पनि मान्दछन् भने कसैले अभिशापको कुरा पनि ।

दुनियाँदारीको लाभ–हानीको कुरा छोड्ने हो भने पनि कसैले पनि आफ्नो भाषा तथा सँस्कृतिबाट बिमुख र बञ्चित रहनु समझदारीको कुरा अबश्य नै होइन । यद्यपि अग्रेजी अनेकौ कारणले महत्वपूर्ण भाषा बनेको छ । बिभिन्न अनुभवले के प्रष्ट पारेको छ भने एकभन्दा बढी अन्य भाषाहरु जान्नेहरुले नै अग्रेजीको सामना पनि राम्रोसँग गरेका छन् । अंग्रेजी जान्नु आफैमा नराम्रो होइन, तर यो भाषा जानेकैमा तुजुक गर्ने जमाना अब गएको छ ।  जसको मातृृभाषा अंग्रेजी छ तिनको अनुभवले पनि यो सिद्ध गरिसकेको या गरिरहेको छ । कुनै पनि भाषा ज्ञानको माध्यम र सम्बाहक हो । ज्ञानको निरन्तरताको माध्यम भएकोले पनि यसलाई जीवित बस्तु भन्ने गरिएको हो ।

यसलाई सही सूचना र ज्ञानको माध्यमकैरुपमा बुझ्नु बुझाउनु र बिकसित गरिनु पर्दछ । यस हिसाबले यसले स्वतः सँस्कृति पनि बोक्दछ । तर कुनै पनि भाषालाई हेय र असामान दृष्टिले हेर्न र ब्यवहार गर्न खोजिएमा त्यो द्वन्द्व निम्त्याउने र अशान्ति कायम गर्ने माध्यम पनि बन्न जान्छ । त्यसैले भाषा सम्वन्धि सही दृष्टिकोण आजको आवश्यकता हो । त्यसको अर्थ हो भाषिक समानताको आधार खोजी गर्ने बिकसित गर्ने र त्यसको जर्गेना गर्ने ! अरु कुरा होइन ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

1 week ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि