काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरिएको छ ।
४ वर्षको कार्यकाल सकाएर घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदबाट बिदा भएका हुन्।
मंगलबार प्राधिकरणका कर्मचारीहरुले एक विशेष कार्यक्रम आयोजना गरी विदाइ गरेका हुन् । कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।
यस्तै आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले छलाङ मारेको बताएका छन् ।
उनले घाटामा रहेको प्राधिकरणलाई नाफा हुने संस्थानको रुपमा विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताए ।
पहिलो कार्यकालका रुपमा आज विदाइ गरिएपनि अबको १५ दिनभित्र फेरि प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नै स्वागत गर्न पाइयोस्’, भनी आशा व्यक्त गरे ।
कार्यक्रममा उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए ।
आइतबार चार वर्षे कार्यकाल पुरा भएसँगै कुलमान प्राधिकरणको कार्यकारी निर्देशकबाट विदाइ भएका छन् । उनलाई पुनः नियुक्ति गर्नुपर्ने जन दबाब बलियो भएपनि सरकारले निर्णय लिइसकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आइतबार राती सकिएको थियो ।
२०७३ भदै २९ मा नियिक्त भएका घिसिङको २०७७ भदौ २९मा कार्यकाल सकिएको हो ।
२०५१ मा सातौं तहको इन्जिनियरिङबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ मा नियुक्त भएका थिए ।
उनलाई तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल र जनार्दन शर्माले नियुक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया