Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

तथ्य सत्यको कसीमा १५ सेप्टेम्बरलाई हेर्दा


तथ्य सत्यको कसीमा १५ सेप्टेम्बरलाई हेर्दा

—लोकनारायण सुवेदी

नेपाल कम्युनिष्ट पार्टीको जन्म १५ सेप्टेम्बर १९४९ मा भएको हो । तीन दशकभन्दा बढी समयसम्म यस दिनलाई कसैले विवादमा ल्याएन र ल्याउनु पर्ने कुनै औचित्य र आवश्यकता पनि थिएन र अहिले पनि छैन । यद्यपि २०१९ तेश्रो महाधिवेशनले डा. केशरजंव रायमाझीलाई पार्टी दरबारपरस्त बनेर  पार्टीबाट निस्कासित भएपछि उनले मातृ समूहको नाममा २२ सेप्टम्बर पार्टीको जन्मदिन भन्न थाले । तर त्यसको प्रभाव खासै देखिएन । २०१९ साल अघिको सिंगो पार्टीका दस्ताबेजहरु, मुखपत्रहरु, सभा सम्मेलनहरुका पर्चाहरु र तत्कालीन निस्कने गरेका पत्रपत्रिकाहरु मात्रै होइन त्यतिबेला सत्तामा रहेका विश्वका शक्तिशाली सोभियत संघ, चीन र भियतनामका कम्युनिष्ट पार्टीहरु र अविभाजित भारतीय कम्युनिष्ट पार्टीहरुले समेत नेपाल कम्युनिष्ट पार्टीलाई पठाउने गरेका शुभकामना सन्देशहरु पनि यसका जिउँदो जाग्दो प्रमाणको रुपमा रहेका छन् । पार्टीको कार्यक्रम- नयाँ जनवादी कार्यक्रम र पार्टीको जन्म दिन १५ सेप्टेम्बर नै हो भनेर त धेरै दस्तावेजहरुमा प्रष्टसँग लेखिएको छ । यद्यपि यो उदाङ्गो, यथार्थ र प्रष्ट वास्तविकतालाई मार्क्सवादी विश्लेषणत्मक विचार पद्धति- द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादका अनुयायी हौं भनेर दावी गर्ने धेरैले आज स्वीकारेका छैनन् । इतिहासका तथ्यहरुमा केही नथपीकन र तिनबाट केही नझिकिकन यथार्थ वास्तविकताका आधारमा त्यसको ब्याख्या बिश्लेषण गर्ने र सारतत्व निकाल्ने द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी मार्क्सवादी पद्धतिलाई आफुखुशी र जथाभावी भद्दा र भ्रष्ट विश्लेषण गर्न उद्यत हुँदा मात्र भौतिक परिस्थितिले प्रमाणित नगर्ने एउटा रहस्यमय कल्पनाको कुरालाई खडा गर्न र जनचेतना नजागेसम्म अल्मल्याउन र त्यसै झूटो कुरामा अभ्यस्त गराउन सकिन्छ । वास्तवमा लामो समयदेखि हाम्रो देश नेपालमा यसै हुँदै आएको छ । नेपालमा कसैले २२ अप्रिल त कसैले २२ सेप्टम्बर भनेर छुट्टै रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने गरेका हुन् । २२ सेप्टेम्बरवाला त हराएर गए तर २२ अप्रिलवालाहरु अहिले पनि छन् । हिजोसम्म १५ सेप्टेम्बर नै पार्टी स्थापना दिवस हो भनेर मान्नेहरु पनि त्यसबाट पछि फर्किएर के कारणले २२ अप्रिल भन्न थालेका हुन् औसरबाद अँगालेको बाहेक त्यसको कुनै बस्तुगत आधार र ऐतिहिसक तथ्य प्रमाण केही छैन । पार्टी गठन गर्न बनेको ५ सदस्यीय संस्थापक कमिटीको नाममा निस्केको पर्चा- जसलाई क.पुष्पलाल सवयमले लेखेका थिए र त्यसलाई कम्युनिष्ट आन्दोलनको पहिलो पर्चा नं.१ भनेर चिनिन्छ, को आधारमा २२ अप्रिललाई नै पार्टी दिवसको रुपमा पार्टी गठनको झण्डै ३ दशकभन्दा बढी समय पछिदेखि आएर बल्ल मान्न थालिएबाट पनि इतिहासलाई अस्वाभाविकरुपमा तथ्यहीन तरीकाले तोडमोड गर्न र बंग्याउन खोजेको देखिन्छ र बुझिन्छ ।

तत्कालीन चौथो महाधिवेशनले पार्टी स्थापना गर्न क. पुष्पलालको नेतृत्वमा बनेको संस्थापक कमिटीका तीनजना सदस्यहरुलाई पार्टी जन्म दिन २२ अप्रिल हो भनेर त्यसबेला बक्तब्य दिन सहमत गरायो जतिबेला ’रातो तरबार प्रकाशन बिरबास नेपाल’, को तर्फाट ’गद्दार पुष्पलाल’ भन्ने झण्डै १०० पानाको किताब प्रकाशित भयो र पुष्पलालका बिरुद्ध देश र प्रबासमा समेत त्यो पुस्तक ब्यापक रुपमा बाँडियो । यसले सिंगो नेपाली कम्युनिष्ट आन्दोलन, सामन्तबाद खासगरी राजतन्त्र बिरोधी आन्दोलनलाई सयोग पु¥यायो कि भ्रम सिर्जना ग¥यो गम्भीरुपमा बिश्लेषण गर्नुपर्ने विषय छ र धेरै कुरा उजागर पनि भइसकेको छ । यसभन्दा अघि नै पार्टीले दरबारपरस्त  रायमाझीलाई पार्टीबाट निकालिसके पछि- जुन रायमाझी वास्तवमा राजाकै गुमस्ता रहेछन् भन्ने कुरा त उनले राजाबाट पाएको पारितोषिक – २०४६ सालको अन्तरिम कालमा शिक्षामन्त्री र पछि राजसभाको अध्यक्ष आदिले सबैलाई नाङ्गो आँखाले देखिने गरी प्रष्ट पारेकै हो, उनले २२ सेप्टेम्बर पार्टीको जन्म दिन भन्न थालेका हुन् । १५ सेप्टेम्बरको दिनलाई आफुतर्फ केन्द्रिय समितिको बहुमत रहेको दाबी गर्ने माझी गुटले किन छाड्नु प¥यो त्यो पनि कम रहस्यमय र महत्वपूर्ण प्रश्न छैन । अनि १५ सेप्टेम्बरलाई यसरी दरबारिया कम्युनिष्टले सर्लक्कै छोडेर पञ्छिन त मिल्छ नै । त्यस कार्यले कम्युनिष्ट आन्दोलनप्रति र कम्युनिष्ट पार्टीको जन्म दिनप्रति अनावश्यक बिवाद पैदा गरेर नेपालमा जनता बीच लोकप्रिय हुँदै जनताको संर्घषको नेतृत्व खाशगरी कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लागेपछि ८ सालदेखि २०१३ सालसम्म सामन्तबादका विरुद्ध किसान संघर्षको नेतृत्व गर्दै आएको संघर्षशील कम्युनिष्ट पार्टीलाई ’कोपिलामै निमोठ्ने ( in Bud) र जनतामा भ्रम र्छर्ने बाहेक अरु के हुन सक्तछ ? स्वय रायमाझीले ’१५ सेप्टबरलाई अभिनन्दन गरौ’ पार्टीको जन्म दिवस भब्यरुपमा मनाउँ भनेर पर्चा निकाले थिए २०१९ साल अघि उनी पार्टीको महासचिवको पदमा आसीन भएको बेला ।यहाँ के कुरा उल्लेख गर्नै पर्दछ भने मार्क्सवाद, लेनिवाद मात्रै मान्छौ भन्ने – तर ब्यवहारमा दरबारिया शक्तिलाई सहयोग पु¥यउने, रायमाझी पन्थीहरु र मार्क्सवाद,लेनिनवाद र माओ बिचारधारा मान्ने अरु समूहहरु एक समानरुपले क. पुष्पलालप्रति किन खनिए ? क. पुष्पलाल स्वयमं माार्क्सवाद-लेनिनवाद र माओ बिचारधाराका नेपालका प्रबक्ता थिए । त्यसै आधारमा उनले नेपाली समाजको बर्गीय बिश्लेषण गरेका थिए र सामन्तबादका बिरुद्ध र खाशगरी राजतन्त्रका बिरुद्ध त्यससँग अन्तरबिरोध राख्ने सम्पूर्ण राजनीतिक तथा बर्गीय शक्तिहरुलाई एकजुट पार्न र संयुक्त जन आन्दोलनको सृष्टि गर्न उनी निरन्तर कस्तै कठिन घडीमा पनि एकाग्र र तल्लिन थिए । त्यसैका लागि उनले बामपन्थी एकता र संयुक्त मोर्चाको अबधारणा पनि अघि सारेका थिए । क. पुष्पालाल सामन्तबाद बिरोधी किसान आन्दोलनको पक्षमा निरन्तर कृयाशील थिए । वास्तवमा कामरेड पुष्पलालले जुन ’नेपाली जन आन्दोलन एक समीक्षा’ नामक अत्यन्तै पठनीय र आजको सन्दर्भमा पनि अत्यन्तै उपयोगी पुस्तक लेखेका छन् त्यसमा जन आन्दोलनको समीक्षा मात्रै छैन, जनताका पक्षधर शक्तिहरुको एकलकाँटे, संकीर्ण र बिचलनकारी प्रबत्तिको आलोचना पनि त्यसमा रहेको छ । ती सबै कुरा गरेर उनले कसरी आन्दोलनलाई एउटा साझा, सशक्त र अग्रगामी आन्दोलनको निर्माण गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरेका छन् र बिगतका गल्ती कमजोरीहरुबाट कम्युनिष्ट तथा काग्रेस मुक्त भएर राजाको ०१७ सालको प्रतिगामी कदमका बिरुद्ध जन अन्दोलन केन्द्रित गर्नु पर्दछ भन्ने कुरा प्रष्ट पारेका छन् । यसरी सम्पूर्ण आन्दोलनको केन्द्र सामन्ती ब्यवस्था र त्यसको नेतृत्व गर्ने राजतन्त्रका बिरुद्ध केन्द्रि गर्नु पर्दछ र त्यसका निमित्त काग्रेस कम्युनिष्ट एक हुनु पर्दछ भन्ने प्रष्ट र दूरदर्शी धारणा राख्ने र तदनुकूलको ब्यवहार गर्ने उच्च राजनीतिक नैतिकता र र्समर्पणभाव भएका क. पुष्पलालका बिरुद्ध किन अनर्गल आरोप लगाउने षडयन्त्रका तानाबाना बुनियो  त्यसै अन्तरगत १५ सेप्टेम्बरलाई अस्वीकार गरेको त होइन भन्ने गम्भीर प्रश्न पनि स्वाभाविकरुपमा खडा हुन्छ । हुन पनि माक्र्सबाद लेनिनबाद र मओ बिचारधाराप्रति समर्पित भावले लागेका कमरेड पुष्पलालले २२ अप्रिलमा पार्टी जन्मेको भए सहर्ष लेख्ने थिए कि ‘ संयोगबश आज महान लेनिन जन्मेकै दिन नेपाल कम्युनिष्ट पार्टीको गठन हुन पुगेको छ, यो हाम्रो निम्ति ठूलो गौरब र खुशीको कुरा हो’ । तर कुरा त्यस्तो थिएन । त्यसैले प्रथम सम्मेलनमा पार्टीको जन्म दिन १५ सेप्टेम्बर र कार्यक्रम नयाँ जनबाद एकमतले तय गरिएको थियो । त्यहाँ कुनै बिबाद कुरै थिएन ।

वास्तवमा पार्टीभित्रका यस्ता जालझेलका  सबै कुरा देखे भोगेका क. पुष्पलालले तीतो अनुभव गरेपछि त्यसको सार खिच्दै प्रष्टरुप्मा भनेका थिए ः ’राजनीति जालझेल होइन, बास्तविक बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड हो’ । यसबाटै प्रष्ट हुन्छ कि उनी जालझेल र त्यसका आधारमा शक्तिको खेलमा लाग्ने कुनै पनि गतिबिधिको बिरुद्ध थिए । त्यस्ता गतिबिधिले आमूल र अग्रगामी परिवर्तनलाई कदापि मद्दत पु¥याउँन र योगदान दिन सक्तैन भन्ने उनको सुस्पष्ट बिचार थियो । यो आजको यथार्थले पनि सबैलाई दशाईरहेको छ । आज पनि कुन कुन शक्तिहरु सजातीय हुन् र कुन कुन शक्तिहरु बिजातीय हुन त्यसको बर्गीय दृष्टिकोण्का आधारमा ठोस बिश्लेषण गरेर अघि बढ्न नसक्दा अहिलेको राजनीतिक गतिरोध पैदा भएको र त्यो झन पछि झन् जटील बन्दै गएको छ । यसको समाधानका लागि कामरेड पुष्पलालको चिन्तन, बिचार र अबधारणालाई आत्मसात गर्नु पर्दछ । त्यो जनताका शक्तिहरुले आफ्ना गल्ती कमजोरीहरुको आत्म आलोचना गरेर आफुलाई केवल जनताको शक्तिको रुपमा प्रस्तुत गर्दै एकजुट हुनपर्छ जनताका साझा समस्या, राष्ट्रका साझा समस्या समाधान गर्नक निमित । यो क. पुष्पलालले कोरेकोे र १५ सेप्टेम्बरले मार्गदर्शन गरेको राष्ट्रिय राजनीतिक परिवर्तनको सही र मूलबाटो हो । १५ सेप्टेम्बरको मर्मलाई आत्मसात गर्न नसक्दा र यसलाई बिस्मृतिको गर्भमा धकेल्न खोज्दा समस्याको समाधान हुँदैन भन्ने कुरा प्रष्ट छ । जनताका शक्तिलाई आत्म आलोचनाकासाथ एकजुट पार्ने यस दिनले प्रेरणा देओस् । अमर छ १५ सेप्टेम्बर !

Tags: नेपाल कम्युनिष्ट पार्टी

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

26 mins ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

7 days ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

7 days ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

7 days ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

26 mins ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

30 mins ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

49 mins ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

1 hour ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

8 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि