Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

संविधान जारी भएको पाँच वर्ष पूरा


संविधान जारी भएको पाँच वर्ष पूरा

काठमाडौँ । नेपालको संविधान- २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ ।

नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।

राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् ।

योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । तर, पनि जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन ।

नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जारी गर्ने कामले सफलता पाएको थियो ।

निकै लामो समयको प्रजातान्त्रिक प्रक्रिया र नागरिकको मेहनत र संघर्षबाट बनाएको नेपालको वर्तमान संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभाबाट जारी गरेका थिए । त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउने गरेको छ ।

संविधान जारी भएका पाँच वर्षमा आइपुग्दा यसले परिकल्पना गरेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुरुप तीन तहको सरकारको संरचना तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

मौलिक हकका कानूनहरु बनिसकेका छन् । तर तदअदुरूपका नियमावली नबन्द मौलिक हक नै कार्यान्वयन हुन सकेका छैनन् ।

प्रदेश र स्थानीय तहका कानूनहरु पनि प्रायः बनिसके पनि कार्यान्वयनको पाटो निराशाजनक छ । संविधान संशोधनका आवाज उठ्ने गरे पनि अझै ती मागको पनि सुनुवाई भएको छैन ।

नेपालको संविधानमा व्यवस्था गरिएका ३१ वटा मौलिक हकको तीन वर्षभित्र कानून बनाएर कार्यान्वयन गर्ने भनिएको थियो । तीन वर्षभित्र कानून बने तर नियमावली बनाएर लागू गर्ने भनिएको अझै आवास र खाद्य सम्प्रभूतासम्बन्धी नियमावली बन्न सकेको छैन ।

पाँचवर्षसम्म मौलिक हक नै कार्यान्वयमा आएको छैन । संविधान जारी भएपछि संविधानअनुरुपका कानून निर्माणमा समय बितेको देखिन्छ । हालसम्म सङ्घमा १५८ कानून निर्माण भएका छन् । प्रदेशमा नं १ मा २६ वटा र ४ स्थानीय तहमा ४ चार कानून बनेका छन् ।

प्रदेश नं २ मा २१ वटा,  २ स्थानीय तहमा २ कानून बनेका छन् । बागमती प्रदेशमा २४ वटा, १३ स्थानीय तहमा १३ वटा कानून बनेका छन् ।

गण्डकी प्रदेशमा २७, १८ स्थानीय तहमा १८ वटा कानून, प्रदेश नं. ५ मा ३१, २ स्थानीय तहमा ७ वटा कानून बनेका छन् ।

कर्णाली प्रदेशमा २१ र १९ वटा स्थानीय तहमा १९ कानून र सुदुरपश्चिम प्रदेशमा २७ वटा र ८८ स्थानीय तहमा १०३२ कानून बनेका छन् ।

नेपालको संविधानअुनसार सङ्घले संविधानसँग नबाझिने गरी कानून बनाउँछ । सोहीअनुरुप प्रदेश र स्थानीय तहले कानून बनाउनुपर्ने हुन्छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङफेको संविधान रुपमा कार्यान्वयनमा आइरहेको बुझाइ छ ।

‘संविधानअनुसार बनेका कानूनहरु प्रारम्भ हुने वित्तिकै लागू हुन्छ, छुटपुटबाहेक संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । कार्यान्वयन पनि भइरहको छ’, मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘संविधानमा व्यवस्था गरेअनुसार सबैले व्यवहारमा लागू गर्नुपर्छ, जनताको संविधान हो, सबैले आ-आफ्नो ठाउँबाट कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’

उनका अनुसार संविधानमा लेखिएका कुराहरु अक्षरश कार्यान्वयन गर्दै जानुपर्छ । यति ठूलो मेहनत र त्यागबाट ल्याएको संविधानलाई कार्यान्वयन गरेर जानु सबैको दायित्व हो ।

‘नेपाली जनताको ठूलो बलीदानीबाट संविधान प्राप्त भएको हो, यो सामान्य तरिकाबाट आएको होइन’ मन्त्री तुम्बाहाङफेले भनिन्, ‘यसको कार्यान्वयन गर्नु सबैको दायित्व हो, संविधानले बन्देज लगाएका कामहरु नगरौँ सबैले कानूनको पालना गरौँ ।’

प्रदेश र स्थानीय तहलाई कानून बनाउनका लागि सहज गर्न सङ्घले कानूनका मस्यौदा समेत तयार गरेर पठाइसकेको उनले बताइन् । सोहीअनुसार धेरै कानून बनीसकेका छन भने केही बन्ने क्रममा छन् ।

बरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेस नेता राधेश्याम अधिकारी संविधान जारी भएको पाँचवर्ष पूरा भइरहँदा कार्यान्वयन पक्षमा देखिएका जटिलता अध्ययन गर्न आयोग गठन गर्न जरूरी रहेको बताउँछन् ।

‘संविधान कार्यान्वयनका क्रममा कुन कुन ठाउँमा कठिनाई भयो ? त्यसका बारेमा एउटा आयोग गठन गरेर समीक्षा गर्न जरुरी छ,’ अधिकारीले भने, ‘संविधान निर्माण गर्ने बेलामा पनि समीक्षा गर्न आयोग गठन गर्नुपर्ने कुरा उठेको थियो, धेरै आयोग भएको हुँदा त्यस विषयमा छलफल अघि बढेन ।’

उनका अनुसार संविधान संशोधनको विषयमा होइन । कार्यान्वयन गर्न  जटिल भएको विषयमा समीक्षा गर्नुपर्छ । अहिले संविधान संशोधन गर्न उठेको मागमा पनि सम्बोधन हुन्छ । सरकारले एउटा आयोग बनाएर समीक्षा गर्यो भने राम्रो हुन्छ ।

जनप्रतिनिधिबाट बनेको संविधानमा जनताको स्वामित्व छ । संविधान लेखनका  शुरुका दिनमा असहजजस्तै परिस्थिति थियो । केही राजनीतिक दलले वहिष्कार पनि गरेका थिए ।

पछि संविधान संशोधन भएपछि असन्तुष्ट पक्षले पनि भाग लिएर स्वीकार गरेका हन् ।

‘संविधान कार्यान्वयन गर्दा संसदमा ३३ प्रतिशत महिला सहभागिता सम्भव भयो, गाउँपालिकाको उपाध्यक्ष वा उपाध्यक्ष नगरपालिकाको प्रमुख वा उपप्रमुखमा एक महिला अनिवार्य गरिएको छ’ राष्ट्रिय सभा सदस्यसमेत रहेका अधिकारीले भने, ‘दलित महिला नेतृत्वमा आउने अवसर पाएका थिएन, अहिले संविधानको व्यवस्थाले छ हजार दलित महिला नेतृत्व तहमा आएका छन्, जुन उपलब्धि हो, नेपालमा जातजाती, छुवाछुतको भावना अन्त्य गर्न सहज भएको छ ।’

वरिष्ठ अविधक्ता शम्भु थापालाई संविधानले मान्छेको जीवनमा परिवर्तन ल्याउनुपर्छ भन्ने लाग्छ । ‘राजनीतिक रुपले संविधानले फड्को मार्‍यो, राजसत्ताको अन्त्य नै भयो, सङ्घीय शासन प्रणाली शुरु भयो,’ थापाले भने, ‘संविधान जनतास्तरमा जुन रुपमा पुग्नुपर्ने हो, त्यो रुपमा पुग्न सकेको छैन, समाजवाद उन्मुख संविधान भनिएको छ, त्यो भनेको समाजका सबैपक्षलाई माथिलाई उठाउने हो, धनी गरिब सबैलाई समान रुपमा अगाडि बढाउने हो ।’

उनका अनुसार बलियो सरकार आएको पनि तेस्रो वर्ष बितिकेको छ तर स्थायी सरकार आएर जनताको आर्थिक स्थितमा सुधार आउन सकेको देखिँदैन ।

संविधानको कार्यान्वयन गर्ने सरकार, संसद र न्यायपालिकाले पनि संविधान मानेको देखिएको छैन । सरकारले गठन गरेका संवैधानिक आयोगमा पदाधिकारी खाली छन् ।

‘देशमा प्रगतिउन्मुख बनाउने मानिसले नै गरेर हुने हो, चीन, अमेरिका वा सिंगापुरलाई हेरौँ, संविधानअनुसार शक्ति सञ्चय भएका मानिसहरुले सञ्चालन गर्ने हो,’ उनले भने, ‘विश्वविद्यालयको हालतमा सुधार छैन, न्यायपालिकामा योग्य मानिसहरु पुगेनन् हिजो घुस खाएका मानिसहरु नियुक्ति भएका छन् या नियुक्ति गर्ने ठाउँमा छन्, न्याय भनेको मानिसमाथिको विश्वास हो, शुरुमै अविश्वास गर्ने मानिसहरु न्यायपालिकाको उच्चस्थानमा नियुक्त भएका छन् ।’

संसद आफैले पनि संविधान कार्यान्वयनमा ध्यान नदिएको उनको ठम्याई छ । ‘लामोसमयसम्म सभामुखको पद खाली भयो, सभामुख पद एकमिनेट पनि खाली हुनुहुदैन, उपसभामुख भनेको सभामुख होइन,’ उनले थपे, ‘संवैधानिक परिषद्मा उपसभामुखलाई पनि राखिएको छ, तर अहिले पनि उपसभामुख पद खाली छ, संसदसँग नमिल्ने खालको अध्यादेश जारी भएको छ ।’

माथिल्लो सदनमा पेशागत विषयविज्ञहरु ल्याउनुपर्नेमा राजनीतिक कार्यकर्ताकै भागबण्डा गर्नु पनि संविधानविपरीत काम भएको उनको बुझाई छ ।

जनताको संविधान जारी भएर राजनीतिक रुपमा उपलब्धि भएपनि मान्छेको जीवनमा सुधार आउन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी
पहरा विशेष

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

15 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

2 weeks ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

2 weeks ago

ताजा समाचार

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

15 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि