काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियु कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं ल्याइने भएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमान्नुभएका केसीलाई आज समिट एयरमार्फट नेपालगञ्ज पुु¥याइएको छ ।
डा. केसी नेपालगञ्जकै भेरी अस्पतालमा रहने उहाँका सहयोगीले बताएका छन् । केसीले काठमाडौं आइपुगेर पनि सत्याग्रह जारी राख्ने बताउनुुभएको छ ।
चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्ने माग राखी चन्दननाथ– ६ रानीचौरस्थित बाविरा मन्दिरमा अनसनरत थिए ।
तपाईको प्रतिक्रिया