नौ महिना गर्भ बोकी दु:ख, पीडा,हिम्मत र साहसले जन्म दियौ
एउटा काखमा भाई र अर्का काधँमा मलाई लिई रमायौ ।
छोरी घरको लक्ष्मी भनेर ओठमा हाँसो लिई रमायौ
तर बीस वर्ष पुगी अर्काको घरमा पठाउन तयार पनि भयौ ।।
धेरै नबोल, अर्काको घरको सम्पत्ति मुख हैन हात चलाउनु भनेर समेत सिकायौ ।।
छोरी जात शान्त, सुशिल र संघर्षशील हुनुपर्छ भने शिक्षा दिदै घुंघटमा बसेर दुनियाका दृश्यबाट बञ्चित गरी बाँच्न पनि सिकायौ ।।
अर्काको हातमा अर्काको घरमा नचिनेको ठाउँमा पठायौ मलाई,कहिले मोटरसाइकल, कहिले फ्रिज त कहिले पैसाको लागि ज्यान त्याग्न बाध्य बनायौ ।।
के जन्म दिएको गुरु दक्षिणा स्वरुप ज्यान नै हो मेरो ?
छोरी जात भएकै कारण हक, अधिकारबाट पन्छायौ ।।
साहस दिने शिक्षा दिने शक्तिशाली बनाउने समयमा मौन बनायौ ।।
छोरीलाई विभेदिकरण गरी न हिम्मत दियौ न त केही गर्ने आटिलो विश्वास,जसको फलस्वरुप शिकारीहरुको शिकार बन्दैछन् हरेक छोरी आज ।
पुरुषार्थ भएको समाज र कानुनमा पनि महिलाको हकलाई सिमित बनायौ । त्यसमा पनि असुरक्षित, अनियन्त्रीत वातावरण दिई लड्न मात्रै सिकायौ ।
जन्म देखि अंश, वंश र आफ्नो हक अधिकार पाउनको लागि लड्ने वातावरण मात्रै बनायौ ।।
सरल, सहज र व्यवस्थित छोराको लागी बनायो तर छोरी बिदाईमा आशुको नदी छोरीको लागि किन ?
आखाँ अगाडी राख्ने छोराको लागी यति धेरै व्यवस्था र साहसिलो बनाउछौं ।।
तर घर, आखाँबाट टाढा पठाउने छोरीलाई डरलाग्दो वातावरण बनाई सधै सहने र लड्ने वातावरण किन ?
एकचोटी सामानता, साकारात्मक सोच र आत्माले स्वीकार गरेर हेर्नु, को छोरा को छोरी भनेर छुट्टयाउन गार्हो हुन्छ सायद ।।
छोराले मरेपछि दिगबत्ति गर्छ भनेर छोरीको स्वतन्त्रता र समानतालाई संकुच नगरी छोरीलाई छोरा सरह कर्तव्य गरी हेर त्यहाँ छोराछोरीमा विभेद हैन बरु समान सन्तानलाई पाउने अनुभुति महसुस गरिदेउ ।।
तपाईको प्रतिक्रिया