Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सार्वजनिक यातायात संचालन गर्न दिने,५० प्रतिशत बढी भाडा तिर्नुपर्ने


सार्वजनिक यातायात संचालन गर्न दिने,५० प्रतिशत बढी भाडा तिर्नुपर्ने

काठमाडौं / सरकारले सार्वजनिक यातायात संचालन गर्न दिने भएको छ ।  संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात संचालन गर्न देने भएको हो ।  

संचार मन्त्री एंव अर्थ मन्त्री समेत रहेका खतिवडाले पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सुरक्षाका मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने बताए ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ ।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । सार्वजनिक यातायातको ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

१) विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गत नागढुङ्गा-नौबिसे-मुग्लिङ्ग तथा कमला-ढल्केबर-पथलैया सडक खण्डको सुधार, अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवं रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता विस्तार कार्यक्रम सञ्चालनका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायताको रुपमा प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अप फेसिलिटी अन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कुल ४५० मिलियन अमेरिकी डलर (करिव रु ५४ अर्व) ऋण सहायता रकम स्वीकार गर्ने ।

२) अर्थ मन्त्रालय    नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत शहरको दीगो र सुरक्षित पूर्वाधारको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय एवं भरपर्दो बनाउन विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर (करिब रु. १८ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न बार्ताटोली गठन गर्ने।

३) अर्थ मन्त्रालय    एशियाली विकास बैङ्कबाट नागरिक उड्डयन क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिव पाँच अर्ब अन्ठानब्बे करोड नेपाली रुपैयाँ) बराबरको ऋण सहायता स्वीकार गर्ने ।

४)ऊर्जा, जलस्रोत तथा सिँचाइ    विद्युत नियमन आयोगका सदस्य पनौती-१० खोपासी, काभ्रे निवासी श्री रामकृष्ण खतिवडाले दिनुभएको राजिनामा स्वीकृत गर्ने ।

५) ऊर्जा, जलस्रोत तथा सिँचाइ    माथिल्लो मोदी जलविद्युत आयोजनाको निर्माण सम्बन्धी कार्यको लागि कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं८ मा ३० रोपनी ११ आना १ पैसा ३ दाम र अन्नपूर्ण गाउँपालिका १०, ११ र ७ मा करिब ३५ रोपनी ८ आना २ दाम जग्गा प्राप्त गर्न तथा प्रारम्भिक कारवाही गर्न सहायक प्रशासकीय अधिकृत गणेश राज वाग्लेलाई प्रारम्भिक अधिकृत तोक्ने ।

६) कृषि तथा पशुपन्छी विकास मन्त्रालय    नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव श्री राजेन्द्र प्रसाद भारी, वरिष्ठ कृषि वैज्ञानिक श्री श्रीराम प्रसाद नेउपाने  र श्री सर्व राज खड्का सम्मिलित सिफारिस समिति गठन गर्ने।

७) गृह मन्त्रालय    नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा नियुक्ति गर्ने ।

८) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय    स्याङ्गजा जिल्ला, फेदीखोला गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

९) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाल रेडक्रस सोसाइटीको काम कारबाही सम्बन्धमा समाज कल्याण परिषद्‍बाट भएको छानविनको सिफारिसका आधारमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिलाई  समाज कल्याण ऐन, २०४९ को दफा २० वमोजिम  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत ७ दिनको म्याद दिई सो सोसाइटीको केन्द्रीय कार्यसमितिलाई सफाई पेश गर्न मौका दिने। 

१०) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाल बाल संगठन र बाल मन्दिरबाट भए गरेका कामकारवाही सम्बन्धमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका सम्बन्धमा नेपाल बाल संगठनको केन्द्रीय कार्यसमिति र सो समितिका पदाधिकारी तथा सदस्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत ७ दिनको म्याद दिई सफाईको मौका दिने ।

११) वन तथा वातावरण मन्त्रालय    राहुघाट मंगले जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

१२) रक्षा मन्त्रालय    काठमाडौं तराईरमधेश द्रुतमार्ग सडक आयोजना सञ्चालन (तेस्रो संशोधन) कार्यविधि, २०७७ स्वीकृत गर्ने ।

१३) युवा तथा खेलकुद मन्त्रालय    युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन), नियमावली, २०७७ स्वीकृत गर्ने ।

१४) स्वास्थ्य तथा  जनसंख्या मन्त्रालय    स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले दिनुभएको राजीनामा स्वीकृत गर्ने।

१५) विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/२८ र मिति २०७७/०३/१५  गतेको निर्णयअनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएका आदेशमा देहायबमोजिम हेरफेर र थप गरी मिति २०७७ साउन ६ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने । सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।

१)    आदेशको दफा १ को खण्ड (ड) को सट्टा देहायको खण्ड (ड) राख्ने-

(ड)    काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनबाहेकका अन्य यात्रुबाहक सार्वजनिक सवारी साधन: 

२)    आदेशको दफा २ को,- 

(क)    खण्ड (छ) को सट्टा देहायको खण्ड (छ) राख्ने-

(छ)    काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन (चालकबाहेक थप २ जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सवार हुने) र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी मोटरसाइकलस

(ख)    खण्ड (छ) पछि देहायको खण्ड (५१) र (५२) थप गर्ने-

(५१)    काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने ट्याक्सी (चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सवार हुने):

(५२) काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक यातायात (चालकसहित सिट क्षमताको बढीमा ५) प्रतिशत यात्रु रहने, एक पङ्‌क्तिको सिटमा सामाजिक दूरी कायम हुने गरी १ जना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्ने०स

    स्पष्टीकरणस् यो व्यवस्था लागू रहँदासम्मका लागि मात्र यस उपखण्डको प्रयोजनको लागि ट्याक्सीबाहेकका अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउनेछ।

(ग)    खण्ड (द) को सट्टा देहायको खण्ड (द) राख्ने –

(द)    उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन (सिटको एक लहरमा एक जना यात्रु मात्रै राख्‍ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्ने)।

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि