आफ्नो वाल्यकाल देखि नै बैतडिको विकट क्षेत्रमा विद्यार्थी अवस्थामा नै पढाईमा मेघावि छात्र हुन । विद्यार्थी अवस्था देखि नै वन, वन्यजन्त, चरा चुरुङ्गि संरक्षणमा उहाको विशेष अभिरुचि रहेको थियो । त्यहा पनि उहाँ पढाईमा मेघावि छात्रको रुपमा उत्कृष्ट श्रेणिमा उत्तिण गरि थप विश्वविद्यालय स्तरको उच्च अध्यनको लागि काठमाडौं त्रिभुवन विश्वविद्यालयमा भर्ना भई प्राणिशास्त्रमा उहाले स्नाकोत्तर गर्नु भयो । सानो जातको लघुकर्ण खरायोमा कंचनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हिरापुर र मझगाउमा फिल्डस्तरिय शोध खोज, अनुसंधान गरि शोधपत्र तयार गर्नु भयो ।

गुलेली वाजे जेष्ठ नागरिक स्थापित प्रकृति संरक्षण कर्मि भोजराज श्रेष्ठको स्थानिय स्तरको अभियानमा उहाको डल्फिन, जलचर, मगर, घडियाल गोहि, चराको गणना, शोध, खोज, अनुसंन्धान, संरक्षणमा उहाको महत्वपुर्ण सहयोग रहेको छ । डल्फिन संरक्षण केन्द्र कैलालीको सदस्य भएर मोहना नदी स्वच्छ जल प्रणालीमा प्रकृति संरक्षणको महा अभियानमा उहाको सकृय सहयोग रहेको छ । आफुले सिकेको कुरा समुदायमा हस्तान्तरण गर्ने , मिजासिलो , सहयोगि , लेखन शैलिमा विशिष्टता, बैज्ञानिक ढाचामा तथ्यांक संकलनमा विज्ञ , विभिन्न स्थानिय पत्र पत्रिकामा प्रकृति, वन्यजिव प्रजाति संरक्षण वारे लेख रचना नियमित प्रकाशित गर्ने, संचार माध्यम रेडियो एफ एम, टि भि, अनलाईन, छापामा प्रकाशित, प्रशारित भई रहन्छन ।

उहाको सकृयता तथा उज्वल भविष्यको कामना सहित श्री धिरेन्द्र बहादुर चन्दज्युको उत्तोरत्तर प्रगतिको कामना सहित प्रकृति संरक्षण, शोध, खोज, अनुसंधान, तथ्याङ्क विश्लेषण र बैज्ञानिक अन्वेषणात्मक अनुसंधानको लागि पुर्ण सफलताको लागि धेरै धेरै शुभकामना । उहाको प्राकृतिक श्रोतको संरक्षणको सहभागितात्मक प्रणालिको विशेष दक्षतालाई सम्मान गर्दै उहाको विज्ञताको व्यापकताको लागि नगद रु २५०००।– प्रोत्साहन पुरुस्कार तथा सम्मान अभिनन्दन गर्दछौ ।
तपाईको प्रतिक्रिया