Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सौन्दर्यशास्त्र सम्बन्धी मार्क्सवादी चिन्तन : एक समीक्षा

न्युज डेस्क न्युज डेस्क
४ फाल्गुन २०७७, मंगलवार
सौन्दर्यशास्त्र सम्बन्धी मार्क्सवादी चिन्तन : एक समीक्षा
  • 46
    Shares

—लोकनारायण सुवेदी

मार्क्सवादी सौन्दर्यशास्त्रले साहित्य र कलामा अभिव्यक्त सौन्दर्यबोधको स्रोत तथा तिनका स्वरूपहरुकोे सामाजिक सन्दर्भलाई  मध्यनजर राखेर तिनमाथि वस्तुपरक ढंगले प्रकाश पार्दछ । अर्कै  शब्दमा भन्ने हो भने  मार्क्सवादी सौन्दर्यशास्त्रको सारतत्व त्यसको वस्तुपरकता तथा समाजवादी मानवतामा निहीत रहेको हुन्छ । मार्क्स–एंगेल्सका लागि सौन्दर्यको वस्तुगत सत्ताको दृढ़ताकासाथ प्रतिपादन गर्नु यस कारणले पनि अत्यावश्यक भएको थियो कि उनीहरुभन्दा  पहिलाका सबैजसो भाववादी विचारकहरु सौन्दर्यलाई सँधै नै कुनै अतीन्द्रिय लोकको सत्ता मानेर त्यसको सामाजिक उपलब्धिलाई  नजरअंदाज गरिदिने प्रवृत्तिबाट परिचालित र आक्रान्त थिए । उसो त  आज पनि कला, साहिेत्य एवं संस्कृतिको क्षेत्रमा सक्रिय शुद्ध सौन्दर्यवादी विचार र बिचारकहरुको कुनै  कमी छैन, जो सौन्दर्यको निरपेक्ष सत्तामा विश्वास राख्ने गर्दछन् । माक्र्सवादी सौन्दर्यशास्त्रका ज्ञाताहरुले यसको खण्डन गर्दै प्रष्ट पार्ने प्रयत्न गरेका छन् । उनीहरुले भनेका छन् – ‘‘आदर्शवादी भाववादी सौन्दर्यशास्त्रीहरु सौन्दर्यलाई मनोवैज्ञानिक संवेदनाहरुकै रूप–रूपान्तरलाई मूलभत तथा चरम मानेर चल्ने साधारण रूपले, त्यसको कुनै  अतीन्द्रिय सत्ताको आत्मप्रकाश पनि मान्दछन् । त्यस्ता आदर्शवादी भाववादीहरुमा बिभिन्न पन्थ उप–पन्थहरु छन् । तिनले मानव इतिहासको पनि त्यसरी नै व्याख्या गर्दछन्  जस्तो प्रकारले उनीहरु जगतको आध्यात्मिक ब्याख्या गर्ने गर्दछन् । फलतः उनीहरुका लागि  इतिहास, समाज शक्ति मनुष्यको परिवेशको रूपमा उपस्थित हुने गर्दछ । उनीहरुले त्यसलाई त्यो मूलभूत कृया मान्दैनन् जुन मानिसलाई प्रारम्भिक पाशव स्तरबाट उठाएर मानब स्तरसम्म तथा त्यसभन्दा पनि माथि लगातार त्यसको उन्नयन गर्दै आइरहेका छन् । जुन कुराले यथार्थतः तिनको आत्मलाई वास्तविकता प्रदान गरेको छ ।’’ यसलाई अझ स्पष्ट पार्दै मार्क्सवादी सौन्दर्यशास्त्रीले भन्दछन् – ‘‘शुद्ध साहित्यिक सौन्दर्य, मात्र सौन्दर्य निरपेक्ष सत्ता स्वीकार गर्ने मानिसहरु या त स्वयम् धोकामा परेका छन् या उनीहरु अरुलाई धोका दिन चाहन्छन्।’’

मार्क्सवादी सौन्दर्यशास्त्रले मनुष्यलाई उसको सामाजिक चेतना कै अंग या अवयवको रूपमा स्वीकार गर्दछ । स्पष्ट छ  कि मार्क्स–एंगेल्सका  रचनाहरुले अरस्तुको ‘पोयटिक्स’ या क्रोचेको ‘एस्थेटिक्स’ जस्तै कुनै  सुव्यवस्थित ‘सौन्दर्यशास्त्र’ का निर्माण गर्दैन । परवर्ती विचारकहरुले आफ्ना अकाट्य तर्कहरुबाट के सिद्ध गर्दिएका छन् भने  मार्क्सवादी सौन्दर्यशास्त्र माक्र्स–एंगेल्सका साहित्य विषयक निष्कर्षहरुको  प्रतिध्वनिको साटो उनीहरुद्वारा प्रवर्तित द्वंद्वात्मक भौतिकवाद के आधारमा निर्मित छ । ‘ए कन्ट्रीब्यूशन टू द क्रिटीक अफ पोलिटिकल इकोनोमी’ को  प्रस्तावनामा माक्र्सले  लेखेका छन्  कि – ‘‘आफ्नो जीवनकोे सामाजिक उत्पादनमा मानिसहरु यस्ता  निश्चित सम्बन्धहरुमा बाँधिन पुग्दछन्   जुन सम्वन्ध अपरिहार्य र तिनको इच्छाभन्दा स्वतंत्र हुन्छ । उत्पादनको यो सम्बन्ध, उत्पादनका  भौतिक शक्तिहरुको  विकासको  एउटा निश्चित चरण  कै अनुरूपका हुन्छन् । त्यो उत्पादन सम्बन्धको पूर्ण समाहारनै समाजको आर्थिक ढाँचा हो अर्थात् वास्तविक आधार हो जसमाथि  कानून र राजनीतिको ऊपरी ढाँचा खड़ा हुन जान्छ र त्यस अनुकूल नै सामाजिक चेतनाका पनि  निश्चित रूपहरु बन्ने या हुने गर्दछन् । भौतिक जीवनको  उत्पादन पद्धतिले जीवनका आम सामाजिक, राजनीतिक र बौद्धिक प्रक्रियालाई निधारित गर्दछ । मानिसको चेतनाले  उसको अस्तित्वलाई निर्धारण गर्दैन, बरु त्यसको ठिक बिपरीत  मानिसको सामाजिक अस्तित्वले उसकी चेतनालाई निर्धारण गर्दछ ।’’

मार्क्सको  उपर्युक्त अत्यन्तै महत्वपूर्ण र आधारभूत कथनलाई केन्द्र बिन्दूमा राखेर नै  लुकाच, काडवेल, ब्रेख्त, रोजर गारोदी, फिशर आदि चिन्तकहरुले पनि सौन्दर्यशास्त्रका  आधारभूत समस्याहरुमाथि यथार्थवादी दृष्टिबाट विचार बिमर्श गरेका छन् । यी सबै बिशिष्ठ  विचारकहरु कला–साहित्यको स्वायत्त एवं समाज निरपेक्ष अस्तित्व जस्ता भाववादी विचारकहरुका  धारणा  विपरीत त्यसलाई श्रमको ऐतिहासिक प्रक्रिया  अन्तर्गत विकसित भएको मान्दछन् । जस अन्तरगत कला–साहिेत्य र त्यसका मनोगत संघटकहरुको विकास हुदै आइरहेको छ । मार्क्सको के धारणा रहेको छ भने  श्रम प्रक्रियाहरु अन्तर्गत नै मनुष्यमा सौन्दर्यानुभूतिका साथ–साथै ‘संगीतधर्मा कान’ तथा  ‘रूपद्रष्टा आँखा’ को चेतना जाग्यो र तिनको विकास भयो । यसै प्रकारले  एंगेल्सले पनि ‘वानरबाट नर’(अर्थात् बादरबाट मान्छे) बन्ने प्रक्रियामा ‘हात’ को भूमिकालाई अत्यधिक महत्वपूर्ण मान्दै के  स्पष्ट पारेका छन् भने ‘‘यस(हात)ले गर्दा नै ‘रायफालको जस्तो चित्रकारी, थोबल्दिसको  जस्तो मूर्तिकारी तथा पागानिनीको जस्तो संगीतको अभिर्भाव हुन सक्यो ।’’ एंगेल्सको यस सारगर्भित र महत्वपूर्ण कथनको बिश्लेषण गर्दै भारतीय प्रगतिशील लेखक डा.रमेश कुन्तल मेघले लेखेका छन् – ‘एंगेल्सले सौन्दर्य सिर्जनालाई सबैभन्दा पहिला समाजशास्त्रीय शर्तको त्यस युगदेखि मानेका छन् जतिबेला बन मासिहरुको चौपायभन्दा माथि बिकास भएर तिनबाट दोपाय मानिसको अभिर्भाव भयो र यसरी हात स्वतन्त्र हुन पुगे ।

हात केवल परिश्रमका उपकरण मात्र होइनन् ती श्रमका परिणाम पनि भए र हुन्’ । मानिसका हातहरुले नै उत्कर्षको भब्य उच्चाईहरु प्राप्त गरे र सुन्दरतम् सौन्दर्य – सिर्जना गरे । हातले नै धनुष–बाण  तथा स्पूतनिकहरु र अपोलो जस्ता  यानहरुको निर्माण गरेका हुन्, अनि हातले नै भीमकाय प्रतिमाहरु बनाएका हुन् । अनि हातले नै स–साना तन्तुहरुदेखि लिएर कम्प्यूटर जस्ता अत्याधुनिक उपकरणहरु बनाएका हुन् । त्यसैले  हात सौन्दर्य सिर्जना गर्ने बिभिन्न बाह्र प्रक्रिया र कौशल समेतको प्रतीक बनेका हुन् । सौन्दर्यशास्त्र सम्वन्धि मार्क्सवादी चिन्तनको आधारभूत र महत्वपूर्ण सार यही नै हो ।

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष
पहरा विशेष

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

11 hours ago
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले
पहरा विशेष

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

11 hours ago
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
पहरा विशेष

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

1 day ago
नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग
प्रदेश

नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग

2 days ago
सार्वजनिक यातायात सञ्चालन गर्न आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
पहरा विशेष

पोखरा रङ्गशालाको निरीक्षण गर्दै प्रधानमन्त्री ओली

2 days ago
पूँजी र श्रम बीचको अन्तरविरोध – विश्वको ठूलो चूनौति
पहरा विशेष

पूँजी र श्रम बीचको अन्तरविरोध – विश्वको ठूलो चूनौति

2 days ago

ताजा समाचार

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

11 hours ago
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

11 hours ago
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

1 day ago
धरौटी तिराउन अपहरण

धरौटी तिराउन अपहरण

2 days ago
नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग

नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग

2 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि