आदरणीय शिक्षक ! म मेरो तर्फ बाट हार्दिक नमन गर्दछु ।
म एउटा साधारण सरकारी विद्यालयमा अध्ययन गरेर एसइइ परिक्षा उत्तीर्ण गरेकी छात्रा हु । मैले आज सम्म धेरै कुरा शिक्षक सँग सकरात्मक र धेरै नकारात्मक सुनेकी छु । म ती सकारात्मक कुरा लाई सम्मान गर्छु र नकारात्मक कुरालाई तिरस्कार गर्छु ।
मैले एसइइ दिदा सम्म का घटना आज एउटा पत्र द्वारा सबै लाई भन्न चाहन्छु । मैले आजसम्म भोगेका कुरा कसैले नभोग्नु परोस । भन्छन विद्यालय एक मान्छे लाई सचेत बनाउने ज्ञानकाे भण्डार हो । तर यहाँ सम्म आइ पुग्दा मलाई लाग्छ विध्यालय जाने र कक्षामा प्रथम दुतिय तृतीय हुने सोर्श फोर्स भएका विद्यार्थीको लागि मात्र हो । केही विद्यार्थि छिटो बुझ्ने छिटो याद गर्न सक्ने हुन्छन् । भने धेरै बिद्यार्थी कम्जोर ढिलो बुझ्ने ढिलो याद गर्ने कसै सामु आफ्ना कुरा राख्न नसक्ने डराउने हुन्छन् ।
म पनि यी विद्यार्थीहरुमा पर्थे ।जसले गर्दा शिक्षक हरुले मतलब नगर्ने । जान्ने विद्यार्थी लाई मात्र महत्व दिने गर्थे । म ४ कक्षामा पढदा एउटा शिक्षकले मेरो बहिनी को जोड घटाउमा एक ठाउमा गलत भएर दुई चुल्ठी मात्र समातेर उचालेर पछार्नु भयो । त्यसै गरि म ६ कक्षामा अंग्रेजी टिउसन पढन गए । एक दिन ती अग्रेजी पढाउने पुर्वका क्षिक्षकले गृहकार्य जाच गर्दै थिए मैले पनि गृहकार्य गरेकी थिए । मेरो अलि कर्सिव लेख्दा एउटा द्वितीय हुने साथिले मेरो गृहकार्य सारेर गरेका थिए । शिक्षकले उस्को कपि चेक गर्नु भयो । मेरो बाट सारेको उस्को गृहकार्य ठिक भयाे । मेराे पालाे सारेर देखाउने आउदा शिक्षकले मेरो कपि हेर्नू भयो र उनले मेरो कपि हेर्ने बितिक्कै रातोमसी भएको कलमले गृहकार्य काटेर कापि पर फाल्नु भयो । म त्यो घटना कहिले बिर्सीदैन ।
अनि कक्षा ८ को कुरो हो । महिनाको रु ५० तिरेर बर्षको ६०० / तिर्नु पर्यो कम्प्युटर सिक्न लाई । अनि कम्प्युटर बर्ष को एक दुई हप्ता पाइन्थ्यो त्यही पनि पावर वाला साथिले चलाइ दिएर टाइम जाने भयो ।
अनि कक्षा ९ पढदाको कुरा हो कक्षा ९ मा हामी एकै कोठामा ७७ जना लाई एउटै कोठामा पढाउथे । म त्यो बर्ष बिधालयको बाल क्लब कि अध्यक्ष थिए । म बाल क्लब की अध्यक्ष का नाताले वडा पालिकामा दुई दिने महिनावारी ब्यवस्थापन भन्ने RVWRMP ले तयार पारेको तालिम गरे र शुक्रबार र शनिबार तालीम दियो । र तालीम दिनु हुने कर्मचारीले बिधालयमा सबलाइ सिकाउनु भन्नू भएको थियो । म आइतबार स्कुल गए र हाम्रो पहिलो पिरेड गणित खालि थियो । मैले कुनै एक शिक्षक लाई सोधे सर म तालिममा सिकेका कुरा सेयर गरु खालि पिरेडमा भने र सरले हल्ला कन्ट्रोल गर्दिस भने शिक्षकले मलाइ हकारेर भन्नू भयो, तैले त्यस्तो के जानेकी छस उता फर्का मुख भन्नू भयो ।
कक्षा १० मा पनि हाम्रो कक्षा बाट दुई जनाले बिधालय छोडे र हामी कक्षा दशमा जम्मा ७५ जना मात्र रहयौ ।
कक्षा दशको प्रथम त्राइमासिक परीक्षा चलीरहेको थियो त्यतिबेला हाम्रो पहिलो पिरियडमा नेपाली को परीक्षा भयो र सबैले परीक्षा सकेर आउदै थिए । म पनि केही छिनमा परीक्षा सकेर आउदै थिए र बाहिर ढोकामा पुगेकी थिए ।
बहिर साना भाइ बहिनीको परीक्षा चलिरहेको थियो । म ढोकामा उभिएर बाहिर हेर्दै थिए । एकजना शिक्षकले साना भाइ बहिनी लाई सिक्न दिन्छेसकी ओइ बघेनी / बाग्नी कोठामा जा पागल्नी भन्नू भयो । म पागल त थिएन तर अलि कम्जोर विद्यार्थी थिए ।
हामी विद्यालय तहमा त्यो पनि उच्च पहाडी जिल्लाको गाउँ घरको स्कुलमा पढने बिध्यार्थी जहाका शिक्षकहरु आफुलाइ कुनै नामचलेको युनिभर्सिटी को प्रोफेसर भन्दा ठूलो ठान्दछन । उनिहरुले गर्ने हर्कतको बिरोध गर्ने हैसियत कुनै पनि बिध्यार्थिले गर्न सक्दैनन । तर मैले लकडाउनको समयमा आफ्नो भोगाइ लेखेकी छु । कुनै शिक्षकको बिरोध गर्न होइन कि शिक्षकहरुले पनि सिक्नु पर्दछ र समयानुकूल आफुलाइ सुधार गरून् भन्ने मात्र मेरो मनसाय हो ।
कृष्णा ठगुन्ना (नौगड ३ खार दार्चुला)
२०७६ चैत्र महिनाको २६
हाल : NAIHS सानो भरयाङ्ग काठमाडौ ।
तपाईको प्रतिक्रिया