दार्चुला :
दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ कोरोना संक्रमित भेट्टीएका छन् ।
धनगढी स्वाव संकलन गरी पिसिआर प्रयोगशालामा परिक्षण गरेपछि स्वावको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
मार्मामा नयाँ कोरोना संक्रमित भेट्टीए संगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ जना पुगेको उहाले बताउनुभयो । कोरोना संक्रमण पुष्टी भएका सबै पुरुष रहेको समेत उहाले बताउनुभयो ।
धनगढीको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा मार्मा गाउँपालिकाका २८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो ।
कोरोना संक्रमित ति पुरुष अहिले लटिनाथ माबि रस्कोटको आइसोलेसनमा रहेको लटिनाथ सहकर्मी दिनेश बहादुर सिंहले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया