काठमाण्डौँ
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अयोध्याको वारेमा अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति सम्बन्ध खल्बल्याने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेको भन्दै सामाजिक सजालमा प्रतिक्रिया जनाएका छन ।
उनले, जसरी गौतम बुद्ध र लुम्बिनीका वारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहदैनन् भनेका छन ।
अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो कोईरालाले भने ।
धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुदैन समेत भनेका छन ।
प्रधानमन्त्रीले अयोध्या र रामको बारेमा गरेको टिप्पणीको सर्वत्र आलोचना भएको छ ।
तपाईको प्रतिक्रिया