काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्रीले अयोध्याको वारेमा दिएको अभिव्यक्तिबारे कडा टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले दिएको अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउॅने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेकाे भन्दै सामाजिक सजालमा प्रतिक्रया जनाएका छन् ।
उनले, जसरी गौतम बुद्ध र लुम्बिनीका वारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहॅदैनन् भनेका छन् । उनले, अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो।
धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुदैन समेत भनेका छन । प्रधानमन्रत्रीले अयोध्या र रामकाे बारेमा गरेकाे टिप्पणीकाे सर्वत्र आलोचना भएकाे छ ।

तपाईको प्रतिक्रिया