Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सार्वजनिक सवारीसाधन खुल्न थाल्यो


सार्वजनिक सवारीसाधन खुल्न थाल्यो

काठमाडौं । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।

एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ । अहिले त्यस विषयमा सरकारसँग छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले भने, “छलफल सकारात्मक दिशामा छ, हामी सबै सवारीसाधन चलाउनुपर्छ भन्नेमा छौँ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायी महासङ्घ र मजदूर सङ्गठनसँगको छलफल अघि बढाइरहेको छ । सोमबार विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी महासङ्घसँगै मजदूर सङ्गठनसँग छलफल गरेका थिए । आज पनि विभागमा व्यवसायी, मजदूर सङ्गठनसँगै स्वास्थ्य तथा जनस्ख्या मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधि संलग्न भएर छलफल हुँदैछ ।

अहिले महासङ्घले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमासमेत आवाज उठाएको महासङ्घका महासचिव सिटौलाले बताए । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उनले बताए । अहिले केही बस, ट्याक्सी गुड्न थाले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन ।

लामो समयसम्म थन्किएका सवारीसाधनको मर्मत बाँकी भएको, मर्मतकै लागि कतिपय वर्कसपका मिस्त्री बाहिर रहेको र अहिले पनि धेरै चालक, सहचालक सम्बन्धित स्थानमा नरहेकाले तत्काल सञ्चालन गर्ने अवस्था नभएको बताइएको छ । पहिले जसरी जुनसुकै स्थानमा सवारीसाधन नरोकिने गरी छलफल भइरहेको उनले बताए । उनले भने, “साबुन पानीको व्यवस्था भएका ठाउँमा मात्रै रोकिन्छ, यात्रु पहिलेभन्दा केही दूरीसम्म हिँड्नुपर्ने हुनसक्छ ।”

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सरकारले पनि आज निर्णय गरेर बिहीबारदेखि नै सबै सवारीसाधन चल्छन् भन्ने नसोचेको बताए । लामो समय थन्किएका सवारीसाधन मर्मत गरेर सडकसम्म ल्याउन समय लागेको उनको भनाइ छ । त्यससँगै यात्रु र चालकलाई कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भनि विभागमा छलफल भइरहेको छ । सवारीसाधन एकै पटक ठूलो सङ्ख्यामा सडकमा आए पनि यात्रु कम हुने उनको भनाइ छ । उनले भने, “अहिले हामीले व्यवसायीलाई पनि सञ्चालन गर्नैपर्छ भन्ने अवस्था छैन ।”

सवारीसाधन सञ्चालनका लागि धेरै कर्मचारी घर गएकाले मजदूर व्यवसायी सङ्गठनले तीनलाई फर्काउन विभागले समन्वय गर्नुपर्ने माग गरेका छन् । गृह मन्त्रालयसँग समन्वयमा उनीहरुलाई फर्काइने महानिर्देशक हमालले बताए । सार्वजनिक सवारीसाधन सङ्क्रमण फैलाउन सक्ने हुनाले त्यसमा सचेत हुनुपर्ने उनको भनाइ छ ।

सवारीसाधन सञ्चालनका लागि यात्रु पनि धेरै सडकमा आइसकेका छैनन् । गत साता ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै चालक सडकमा आएका थिए । अहिले उनीहरु नै जोर बिजोरमा सञ्चालन गर्न माग गरिरहेका छन् । अहिले जिल्लाभित्र सञ्चालन गर्ने भनिए पनि सङ्क्रमण कम भएमा प्रदेशभित्र विस्तार गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि