काठमाडौ । गुह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले बुधबार एसपीद्वय रामेश्वर प्रसाद यादव, र विमल बस्नेतलाई कारवाही गरेको प्रहरी प्रवक्ता बसन्त बहादुर क्षेत्रीले बताएका छन । कर्णाली प्रदेशमा ट्राफिक प्रमुख रहँदा उनीहरुले आफु मातहतका इकाइबाट मासिक रुपमा पैसा असुली गरेको उजुरी परेको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरूले आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि निलम्बनमा परेका हुन । बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । उनीभन्दा अघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । उनीहरुले प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट पैसा उठाउने गरेको प्रहरीले पुष्टी गरेको छ ।।
तपाईको प्रतिक्रिया