काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सरकारी जग्गा अतिक्रमण गरी आफू खुशी मनलागि, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुषित भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन्।
अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन्।
तपाईको प्रतिक्रिया