काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकार दिए ।
अध्यक्ष केसीले भने, “दल नेतामा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत छलफलपछि उहाँलाई सर्वसम्मत रुपमा दलको नेता बनाइएको हो ।”
दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरिसकेका उनी पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया