टिकापुर, ४ जेठ
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) टिकापुर नगरकमिटीको प्रथम अधिवेशन हुने भएको छ । विहिबार टिकापुरमा बसेको नगरकमिटीको बैठकले जेठ ३० गते अधिवेशनको मिति तय गरेको हो । पार्टीका केन्द्रीय परिषद सदस्य सुर्यचन्द्र भट्राईको प्रमुख आतिथ्यता जिल्ला अध्यक्ष विमलकुमार जोशीको विशेष उपस्थितीमा भएको बैठकले संगठन लाई चलायमान बनाउन अधिवेश गर्ने निर्णय गरेको हो । नगरअध्यक्ष रंग अधिकारीको अध्यक्षता बसेको बैठकले अधिवेशनको समवाधि अघी वडा कमिटी, टोल, कमिटी, जनवर्गीय संगठन लगाएतका विभिन्न सेल कमिटीहरु गठन तथा पुर्नगठन गर्ने निर्णय समेत गरेको छ । जिल्ला उपसचिव दीर्घ जोशी,प्रदेश कमिटी सदस्य दिल बहादुर विक लगाएत जिल्ला कमिटीका सदस्यहरुले बैठकमा मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया