-सहबान अन्सारी
नवलपरासीको सिमावर्ती क्षेत्रबाट ८२ हजार ७ सय बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार बिहान प्रतापपुर गाउँपालिका वडा नं. ९ प्रतापपुर पुल नजिकै भारतबाट अबैधरुपमा ल्याउदै गरेको २७ हजार बराबरको लेडिज कपडा ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो ।
यसै गरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा नेपालबाट भारत तर्फ अबैधरुपमा लैजादा गर्दा २६ हजार मुल्य बराबरको ७ बोरा मटर ( केराउ) ईलाका प्रहरी कार्यालय अमानीगंजले नियन्त्रमा लिएको हो ।
यसै गरि दिउँसो पाल्हीनन्दन गाउँपालिका वडा नं. १ सिमावर्ती क्षेत्रबाट २० हजार बराबरको ५ बोरा मटर (केराउ) सिमा प्रहरी चौकीले नियन्त्रमा लिएको हो।
साथै पाल्हिनन्दन गाउँपालिका वडा नं.५ चमनटोलाबाट भारतबाट अबैधरुपमा भंसार छली ल्याउदै गरेको ९ हजार ७ सय ५० रुपया बराबरको १५० किलो चिनी प्रहरी चौकी गेरमीले नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया