-सहबान अन्सारी
नवलपरासी । नवलपरासी स्थित नारायणी नदिमा डुबेर एक जना बेपत्ता भएको छ । मंगलवार बिहान सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अन्दाजी (३२) बर्षिय सन्तु चौधरी नर्सहीको ठोकर संख्या १३ बाट बेपत्ता भएका हुन् ।
गाउँ नजिकै नदिमा दाउरा समात्न जादाँ चिप्लेर बेपत्ता भएका ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
नारायणी नदिको जलस्तर खतराको सुचक पार गरिसकेको हुदाँ पनि केही स्थानियहरु ज्यान जोखीममा पार्दै नदिमा दाउरा समात्ने काम गरिरहेको पाइएको छ ।
बेपत्ता चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया