दार्चुला । लगातार भइरहेको वर्षाले मालिकार्जुन गाउँपालिका–८ घरमाथी पहिरो खस्दा घाइते भएका आमा छोरीलाई हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा घाइतेहरुलाई सेनाको हेलीकप्टर मार्फत उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको हो ।
मंगलवार विहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाइते भएका ३५ वर्षीया लक्ष्मी दमाई र उनकी १२ वर्षीया छोरी सोनिया दमाईलाई थप उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
घाइतेहरुलाई मालिकार्जुन गाउँपालिकाले ३० हजार नगद उपलब्ध गराएर हेलिकप्टर मार्फत कोहलपुर पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताए । पहिरोमा परीे लेकम गाउँपालिका–५ पिड घर भएका २५ वर्षिय अर्जुन दर्जी र सोही ठाउँका १८ वर्षिय मिलन दर्जीको भने मृत्यु भएको छ।
तपाईको प्रतिक्रिया