-दिनेश बहादुर सिंह
दार्चुला । मार्मा गाउँपालिकाले आजदेखि लटिनाथ बजार सिल गर्ने भएको छ । आजदेखि सबै बजार सिल छन् ।
हिजो बेलुका सकिएको मार्मा गाउँपालिकाको बैठकले १९ गते देखि लटिनाथ बजार सिल गर्ने निर्णय गरेको हो ।
बिहान ७ देखि ९ बजे सम्म मात्र बजार खुल्ने, अनिवार्य काम बाहेक अन्य कार्यालय पनि बन्द गर्ने, पिसिआर नगरि घरगएकाहरूको २१ गते पिसिआर गर्ने, लगायतका निर्णय भएको वडा नं ४ का अध्यक्ष उदय सिंह महरले बताए। उपाध्यक्ष बाग्मति ठगुन्नाको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य कर्मि र सुरक्षा निकायको पनि उपस्थिति रहेको थियो।हाल मार्मामा १३ जनामा कोरोना पुष्टि भएको छ भने,३ दर्जन भन्दा बढि पिसिआर गर्न नमानि घर गएका छन।
तपाईको प्रतिक्रिया