दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका ३ चौपाती तिमुरबाटाका अन्दाजी ५५ वर्षिय नरबहादुर बमले आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
स्थानियका अनुसार नरबहादुरले बुधबार दिउसो करिव २ बजेतिर ८० वर्षिय आमालाई लाठ्ठीले पिटेर बेहोस बनाएको तथा लगत्तै खोलामा घर नजिकै रहेको खोलामा फालेका थिए ।
छोराको कुटाईबाट बेहोस भएका ८० वर्षिय बृद्धा नारु देवी बमको घट्नास्थलमै मृत्यु भएको स्थानिय पुष्कराज जोशीले जानकारी दिनुभयो ।
मानसिक सन्तुलन ठिक नभएका नरबहादुरले लाठ्ठीले पिटेपछि बेहोस भएकी आमालाई घर नजिकैको खोलामा लगेर पानीको फहरामा राखेका थिए ।
नरबहादुरले यसअघि आफ्नै दाईलाई समेत कुटेर घरबाट भगाएको खुल्न आएको छ । आरोपित नरबहादुरलाई अहिले ब्रह्मदेव प्रहरी चौकीबाट घट्नास्थल पुगेका प्रहरीले नियन्त्रणमा लिएका छन् ।
तपाईको प्रतिक्रिया