दार्चुला । दार्चुलाका ५ जना काङ्ग्रेस नेताले बिभागमा जिम्मेवारी पाएका छन् ।
दार्चुला नेपाली काँग्रेसको केन्द्रिय समितिले पार्टीका बिभिन्न बिभागमा दार्चुलाका ५ जना नेतालाई मनोनयन गरेको छ । सभापती शेरबहादुर देउबाले आइतवार र सोमबार पार्टी बिधान २०१७ को धारा २५ (९) बमोजिम बिभिन्न बिभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्दा दार्चुलाका ५ जना नेताले जिम्मेवारी पाएका हुन् ।
नेपाली काग्रेस दार्चुलाबाट यातायात व्यवसायी विभागमा बहादुर चन्द, स्थानीय तह समन्वय विभागमा संगिता वम चन्द र निर्माण व्यवसायी समन्वय विभागगमा एकेन्द्र पाललाई मनोनयन गरेको छ ।
यसैगरी उद्योग तथा व्यापार विभागमा सुरेन्द्र अवस्थी, आदिवासी तथा जनजाति विभागमा मानसिह बुढाथोकीलाई मनोनयन गरेको छ ।
कांग्रेसमा ४७ विभागमध्ये यसअघि २० विभागका प्रमुख तोकिएका थिए । पहिले संयोजकमात्रै तोकिएका विभागमा अहिले उपप्रमुख, सचिव र सदस्यहरू मनोनित गरिएको काग्रेसले जनाएको छ ।
तपाईको प्रतिक्रिया