जनकपुर । प्रदेश २ का प्रदेश सभा सांसद डा.रिना यादबले कोरोना रोकथाम एवं नियन्त्रणका लागि अंग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री र जोखिम भत्ताको व्यवस्था गर्न माग प्रदेश सरकारसंग माग गर्नु भएको छ ।
करोना भाइरसको कहरले प्रदेश २ मा मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि जनतालाई बचाउन विकास निर्माण भन्दा पनि पहिला पीसीआर चेकजाँचको दायरा बढाउन समेत प्रदेश सरकारसंग माग गर्नुभएको छ ।
सांसद डा.यादबले समुदायस्तरमा फैलिएको कोरोना महामारीबाट जनतालाई तत्काल विकास निर्माणको कार्य स्थगित, गरी प्रति परिवार एक सदस्यको पीसीआर चेकजाँचको व्यवस्था गर्नुपर्नेमा जोड दिदै पीसीआर चेकजाँचको दायरा र गुणस्तरीय पीसीआर मेशिनको संख्या समेत बढाउनुका साथै उचित उपचार र आइसोलेशन तथा भेन्टिलेटरको व्यवस्था गर्न समेत माग गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया