दार्चुला । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्न थालेपछि ब्याँस गाउँपालिकाले चाडँपर्व मनाउँदा भिडभाड नगर्न आग्रह गरेको छ ।
आइतवार एक सूचना जारी गर्दै गाउँपालिका भित्र मनाइने स्थानिय चाडपर्वहरु धम्यौली, तीज, गौरापर्व आदिमा भिडभाड नर्गन आग्रह गरेको हो ।
तीज, गौरा जस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा भिडभाडले कोरोनाको जोखिम बढ्ने कुरालाई मध्यनजर गरि चाडपर्वमा भिडभाड नगर्न आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर चन्द्र ओझाले बताए ।

तपाईको प्रतिक्रिया