महोत्तरी । प्रदेश २ को मुख्यमन्त्री बन्न नेताहरूको दौडधूप शुरु भएको छ ।
संसदीय दलको नेता बन्ने व्यक्ति नै प्रदेश २ को मुख्यमन्त्री बन्ने भएपछि प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टीका नेताको दौडधूप शुरु भएको हो ।
प्रदेश २ को मुख्यमन्त्री पदको लागि आफु योग्य रहेको भन्दै प्रदेश मामिला समितिका सभापति अशोक यादव मुख्यमन्त्री बन्ने कसरतमा लागेको जनाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा)को प्रदेश सभाको संसदीय दलको नेता बन्ने ब्यक्ती नै मुख्यमन्त्री बन्ने भएपछि सभापति यादवले आफू प्रदेश सभाको संसदीय दलको नेता तथा मुख्यमन्त्री बन्न योग्य रहेको दाबी गरे।यादवका साथै हालका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, मनिष सुमन, रामअशिष यादव पनि दौडधूपमा छन्।
मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने प्रावधान भएपछि अहिले पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, डा.बाबुराम भट्टराईलाई समक्ष दौडधूप र भनसुन गर्नेको लर्को लागेको छ।
पार्टीका १४ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राउतको सरकार पूर्णरुपमा असफल भएको भन्दै पार्टी अध्यक्ष तथा वरिष्ठ नेतालाई भेटेर नयाँ नेतृत्व परिवर्तन गर्न माग राखेका थिए।यतिबेला मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय आफ्नो पद बचाउन काठमाडौंमा बसेर छलफल गरिरहेका छन्।नेपालको संविधान-२०७२ को धारा १८९ अनुसार संसदीय दलको नेता छनोट गरिनु पर्ने व्यवस्था छ। संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्ने प्रावधान छ।जनता समाजवादी पार्टीका ५५ प्रदेशसभा सदस्य छन्। जसमध्ये २९ जना तत्कालीन समाजवादीबाट र २५ जना राजपाका छन्।
तेस्तै एक स्वातन्त्र निर्वाचित गरि प्रदेशसभा सदस्यमा यश पार्टीको पक्षमा ५५ जना प्रदेश सभा सदस्य छन्।सभामुख र उपसभामुख बाहेक संसदीय दलको चुनावमा मतदान ५३ जनाले मतदान गर्न पाउछन् । ५३ जना मध्येबाट संसदीय दलको नेता बन्ने एक जना नै मुख्यमन्त्री बन्ने छन्।प्रदेश-२सरकार गठन गर्ने बहुमत पाएको जसपा एकीकरण अघि राजपाको तर्फबाट जितेन्द्र सोनल संसदीय दलको नेता थिए।
तपाईको प्रतिक्रिया