दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले बाढी पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गर्नु भएको छ ।
अविरल वर्षा संगै आएको बाढी पहिरोले विस्थापित भएका गाउँपालिकाका ५४ घर परिवार मध्ये १३ परिवारलाई सोमबार एक कार्यक्रमका बिच राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री वितरण गरिएको अध्यक्ष धामीले बताउनुभयो ।
अविरल बर्षाका कारण यस मालिकार्जुन गा.पा.का विभिन्न वडा वस्तीहरुमा बाढी पहिरो आई ५४ घर परिवार विस्थापित भएका छन भने कयौं घर परिवार जोखिममा छन, कयौंको जमिन खेतिपाती नष्ट भएको छ । कैयौं ठाँउमा विद्यालय, स्वास्थ्य संस्थाहरु, खानेपानी, सिचाई, सडक वाटोघाटो प्रभावित भएको छ । हालसम्म आफ्नो घर नै बाढी पहिरोमा गई विस्थापित भएको संख्या ५४ रहेको छ । वडा नं. २ र वडा नं. ८ मा बढी क्षति भएको छ ।
बाढी पहिरोले विस्थापित घर परिवारहरुको अवस्थाका बारेमा अनुगमन गर्दै अध्यक्ष धामीले विभिन्न संघ संस्थाहरु संगको सहयोग तथा समन्वयमा विस्थापित परिवारहरुलाई राहत उपलब्ध गराएका हुन् । गाउँपालिकाको वडा नम्बर २ को ज्युनडा, अम्पेड, नाईल र वडा नम्बर ८ पस्तीको खोलिचोराका १३ विस्थापित परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
सुदुरपश्चिमेली नेपाली समाज द्धारा जापान, कोरिया, डेनमार्क, भारत, कतार, युएई, बहराइन, कुवेत, मलेसिया, अमेरिका, इजरायल, साउदी अरब, अस्ट्रेलिया, क्यानाडा, मकाउ, पोर्चुगल र युरोप लगायतका देशहरुमा विभिन्न पेशा व्यवसाय गर्दै आउनु भएका युवाहरुको सहयोगमा विस्थापित १३ परिवारलाई प्रति परिवार २५ किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलोग्राम नुन, १ वोतल तेल र १ बाल्टी उपलब्ध गराएको अध्यक्ष धामीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया