-सहबान अन्सारी
नवलपरासी । नवलपरासीमा कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै केराउ,छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा जिल्ला प्रशासन कार्यलयले पूर्ण रुपले प्रतिबन्ध लगाएको छ ।
सोमवार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको ओसारपसार र चोरी निकासी बढेपछी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा पनि जिल्लामा वैद्य-अवैद्य रुपमा हरियो सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकता भन्दा बढी भण्डार र अवैद्य रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाईरस सङ्क्रमणको जोखिम बढ्दै गएकोले सोमबारदेखि उक्त वस्तुहरुको ओसारपसार तथा ढुवानीमा प्रतिबन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिए।
साथै अर्को आदेश नहुँदासम्म केराउ, छोहाडा, मरिच लगायत वस्तुको ओसारपसार र ढुवानी गर्न पाईने छैन ।
जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचना अनुसार आज राती नौं बजेपछि अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा प्रहरीको कन्ट्रोल नं.- १०० मा जानकारी गराई मात्र घरबाट निष्कन अनुरोध समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया