धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण नगर दुर्गन्धित बन्दै गएको छ ।
जनकपुरधामका अन्य वडा सहित जानकी मन्दिरको पछाडि वडा नम्बर ६ स्थित मदरसा नजिकको वस्ती समेत महिनौदेखि फोहोर उपमहानगरपालिकाले नउठाउन कारण नै दुर्गन्धित बनेको छ ।
स्थानीयले उपमहानगरपालिकालाई लिखित तथा मौखिक रुपमा पटक पटक आग्रह गरेपनि कुनै चासो नलिइएको उनिहरुले आरोप लगाएका छन । उपमहानगरपालिकाले गर्दै आएको लापरवाहीका कारण सो क्षेत्रमा महामारी फैलिन सक्ने सम्भावना बढदै गएको छ ।
एक महिना बढी समयदेखि सो क्षेत्रको विभिन्न स्थानमा थुपारिएको फोहोरका कारण मुस्लिम समुदाय वस्तीका स्थानीय दुर्गन्धमै बस्न बाध्यता भएको छ । जनकपुर उपमहानगरपालिकाले थुपारिएको फोहोर नउठाएको कारण सँडेर गन्हाउन थालेको छ ।
एक मुस्लिम उपमहानगरपालिकामै पुगेर स्थानीयले सामूहिक फोहोर उठाउन आग्रह गरेपनि बेवास्ता गर्दै आएको आरोप लगाए । उनले उपमहानगरपालिकाको लापरवाही कारण वस्तीमा फोहोरको दुर्गन्धले महामारी फैलिन सक्ने सम्भावना बढेको छ ।
फोहोरका कारण लामुखट्टे समेत सो क्षेत्रमा बढेको कोरोना भाइरसको संक्रमणको खतरा रहेको बेला सडक गल्ली सेनिटाइज्ड गर्नुपर्ने रहेको बेलामा उपमहानगरपालिकाले फोहोर नउठाउंदा कोरोना संगै अन्य संक्रमणको समेत खतरा बढेने उहाको दावि छ।
उपमहानगरपालिकका उपमेयर रीता मिश्रको घर समेत वस्ती नजिकै रहेको छ । उपमेयर बस्ने वस्ती नै फोहोरले दुर्गन्धित हुनुले प्रष्ट हुन्छ कि उपमहानगरका अन्य वडा र वस्तीको अवस्था के छ ।
यस सम्बन्धमा उपमेयर मिश्रसँग जिज्ञासा महिनौदेखि होइन ८/१० दिनदेखि फोहोर उठन नसकेको दाबी गरे । फोहोर व्यवस्थापन गर्ने ठाउँको आभाव रहेको सो वस्ती अन्य वडाको पनि फोहोर उठन नसकेको उहाँकाे भनाइ छ ।
सरसफाईको नाममा उपमहानगरपालिकाले वर्षेणी करोडौ खर्च गर्दै आएको छ । तर सो वस्तीसहित नगरका विभिन्न स्थान फोहोर थुपारिएको कारण महिनौ दिनसम्म दुर्गन्धित रहने गरेको छ । उपमहानगरपालिकाले भने कुनै चासो देेेखाएको छैैन ।
तपाईको प्रतिक्रिया